Logo

बगदादीमाथि हमलामा बचेको यो कुकुरको छाउरो



इस्लामिक स्टेटका नेता अली बकर अल बगदादी मारिएको अमेरिकी सेनाको विशेष सैन्य कारबाहीमा एउटा कुकुरको छाउरो बचेको छ । बगदादी बसेको घर कम्पाउन्डभित्र एउटा कुकुरको छाउरो भेटिएको छ । जसको एकजना पत्रकारले उद्धार गरेका छन् ।

सीएनएनका अनुसार सैन्य कारबाहीको राति छाउरो आफ्नी मरेकी आमा नजिक कराइरहेको थियो । घटनास्थलमा आइतबार विहान पुगेका एकजना सिरियाली फोटोपत्रकारले छाउरो कराएको सुनेर उद्धार गरे ।

सिरियाको इदिबस्थित भग्नावशेशमा छाउरो देखेपछि पत्रकार फरेद अलहोरले भग्नावशेशको बीचबाट निकालेका थिए । छाउरो त्यतिबेला एक्लै परेर छटपटाइरहेको थियो । मृत्यु र विध्वंशको बीचमा छाउरो बाँचेको थियो । अलहोरले छाउरोलाई मोटरसाइकलमा निकै कष्टपूर्वक घर ल्याए । उनले यसको हेरविचार गरिरहेका छन् । टुहुरो कुकुरप्रति माया दर्शाइरहेका छन् । कुकुरको नाम बबी राखेका छन् ।

शनिबार अमेरिकी सैन्य कारबाहीपछि बगदादीले आत्मघाती ज्याकेट पड्काएर आफूसहित तीन सन्तानको ज्यान लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलाइसकेका छन् घटनापछि आइएस नेता बसेको घर कम्पाउन्ड ध्वस्त भएको थियो ।
एजेन्सी

Photo Source: Fared Alhor



प्रतिक्रिया दिनुहोस्