Logo

‘परस्त्री सम्बन्ध’ मा कोर्रा लगाउनुपर्छ भन्ने ले नै कोर्रा खाए



उनले इन्डोनेशियाको आचे प्राप्तमा परस्त्री सम्बन्धमाथि कडा कानुन बनाउन भूमिका खेले । आचे उलेमा काउन्सिलको सदस्यका रुपमा थिए । ४६ वर्षीय इस्लामिक धार्मिक नेता मुकलिस विन मुहमद इस्लामिक कानुन सरियाको पालना गराउन सक्रिय थिए । सन् २००५ मा आचे प्रान्तमा ल्याइएको इस्लामिक कानुन सरियाको पालना गरिदै थियो ।

कानुन अनुसार परस्त्री सम्बन्ध राख्नेहरुलाई कोरा लगाउने नियम बसालियो । तर, तिनै पुरुष मुहमद परस्त्रीसँगको सम्बन्धमा भेटिए । गत हप्ता समुन्द्री किनार नजिकै पार्किङ गरी राखिएको कारमा गम्भीर अवस्थामा फेला परेपछि दोषी पाइए ।

परस्त्री सम्बन्धमा भेटिएपछि इन्डोनेशियाका ती पुरुषलाई बिहिबार सार्वजनिक स्थानमा कोर्रा लगाइएको छ । काउन्सिल सदस्यबाट हटाइएको छ । उनीसँग सम्बन्धमा भेटिएकी विवाहित महिलालाई २८ कोर्रा लगाइयो । त्यो पनि सार्वज्निक स्थानमा । महिलालाई २३ पटक बेतले हानियो ।

मुसलमानहरुको कडा कानुन सरिया लागू भएको आचे प्रान्तमा जुवा र समलिंगी सम्बन्धमाथि समेत कडाई छ । जतिसुकै शक्तिशाली भएपनि धार्मिक कानुन उल्लंघन गर्नेमाथि कोर्रा लगाइने गरिन्छ ।

-एजेन्सी
Photo Source: The Independent



प्रतिक्रिया दिनुहोस्