Logo

यसपालिको मेरो तिहार



कृपा सिग्देल,
कक्षा–४, फ्रेन्डसिप पब्लिक स्कुल चिसापानी, स्याङ्जा।
यसपालिको तिहार मैले आफ्नौ गाउँमा मनाएँ। कुकुर तिहारको दिनबाट विद्यालय बिदा भयो। सुरुमा बिदाको गृहकार्य गरेँ। मैले बुबाआमासँगै घरमै काग, कुकुर, लक्ष्मी, गाई र गोवद्र्धन पूजा गर्ने अवसर पाएँ। आफ्नै घरको आँगनमा रङ्गोली बनाएँ। रङ्गोलीबाट गेरु माटोले लक्ष्मीको पाइला बनाएर भण्डार कोठासम्म पु(याएँ।
यस काममा आमा र फुपूले मलाई सहयोग गर्नुभयो। तिहारका सामान तयार पार्ने सानातिना काममा भाइले पनि सहयोग ग(यो।
तिहार आउनुभन्दा धेरै दिनअघिदेखि नै घरमा राम्रै तयारी भइसकेको थियो। आँगनमै मखमली र सयपत्री फूलहरू ढकमक्क फुलेका थिए। आमा र फुपूले चामल भिजाई ढिकीमा लगेर कुट्नुभयो।
मैले मखमलीको माला उनेर तयार पारेँ। फुपूले सयपत्रीको माला उन्नुभयो। शनिबारको दिन हामीले बजारबाट तिहारलाई चाहिने सामान किनेर ल्याइसकेका थियौँ। मैले सप्तरङ्गी टीकासँगै भाइमसला र उपहार पनि किनेकी थिएँ।
तिहार टीकाको दिन हामी दुवै दिदीभाइले बिहानै उठेर नुहाइधुवाइ ग(यौँ। नयाँ कपडा फे(यौँ। मैले लेहेङ्गा लगाएँ। भाइले पनि कोट–पाइन्ट लगायो। आमा र फुपूले भान्साको काम गर्नुभयो। सेल, अचार र अन्य परिकारहरू पाके। मेरी फुपू चितवनदेखि बुबालाई टीका लगाउन आउनुभएको थियो। आँगनमा गुन्द्री ओछ्याएर भाइ र बुबालाई बसायौँ।
साइतको समय भएपछि फुपू र मैले सुरुमा ढोकामा टीका लगायौँ। ओखर फोयौँ। टपरीमा बत्ती बालेर बुबा र भाइको शिरमा छोएर ग्रह फालिदियौँ। कचौराको तेलमा दुबो चोपेर घेरा लगाइदियौँ।
शत्रु नाश होऊन् भनेर कामना ग(यौँ। कपालमा तेल लगाएर कोरिदियौँ। प्वाल पारेर ठिक्क पारिएको केराको पात निधारमा राखेर मैले भाइलाई टीका लगाइदिएँ। सुस्वास्थ्य र दीर्घायुको कामना गरेँ। भाइले पनि मलाई उस्तै गरी टीका लगाइदियो। टीका लगाइदिएपछि भाइलाई उपहारसँगै रोटी र अन्य परिकारहरू दिएँ। भाइले पनि मलाई दक्षिणा दिएर ढोग ग(यो। हामीले परिवारसँगै बसेर तिहारका परिकारहरू खायौँ। पारिलो घाममा बसेर कुराकानी गरी रमाइलो ग(यौँ।
टीका लगाएर हामीले तस्बिर पनि खिच्यौँ। एकछिन म घरमुनिको खनियाको रूखमा हालिएको पिङ खेलेँ। भाइले चङ्गा उडायो। साथीहरूसँग मिलेर एकछिन देउसिरे पनि खेलियो। मैले राम्रोसँग भट्याएँ। साथीहरूले मीठो स्वरमा देउसिरे गाए। भाइ भने गीत र मादलको तालमा रमाईरमाई नाच्यो।
भाइ राम्रो नाच्दा धेरैले फूल पनि लगाइदिए। हामीले थैलाभरि रोटी चामल र पैसा पनि पायौँ। यसरी यसपालिको मेरो तिहार धेरै रमाइलो भयो।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्