Logo

कपिलवस्तुमा आजदेखि कर्फ्यु हट्यो



काठमाडौं, कार्तिक १६ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार देखि लगाएको कर्फ्यु आजदेखि हटाएको छ ।गत बिहिबार मूर्ति विर्सजनलाई लिएर हिंसा उत्पन्न भएपछि जिल्ला प्रशासनले कृष्णनगरमा कर्फ्यु जारी गरेको थियो ।
कर्फ्यूको अवज्ञा गर्ने भारत घर भएका सुरज कुमार पाण्डेको मृत्यु भएपछि त्यहाँको स्थिति तनावपूर्ण भएको थियो । प्रमुख जिल्ला अधिकारीले सुचना जारी गर्दे जिल्लाको शान्ती सुरक्षा सामान्य रहेको र शनिबार बिहान ६ बजेदेखि लागूहुने गरि कर्फ्युको आदेश फिर्ता लिएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्