Logo

युवतीले लेखेको मेसेज- ‘म मर्दैछु’, जसले पत्ता लाग्यो लरी कन्टेनरमा मृत भेटिएका ३९ भियतनामी



बेलायतमा गत हप्ता कन्टेरनमा मृत भेटिएका सबै ३९ जना भियतनामी नागरिक भएको पुष्टि भएको छ । बेलायतको प्रहरीले यसको पुष्टि गर्दै उनीहरुको परिवारसँग सम्पर्क स्थापित गरिसकेको जनाएको छ ।

इसेक्स प्रहरीले मृतकका परिवारसँग स्थापित गरेपछि थप प्रक्रियामा जानेछ । पोष्टमार्टम गरिसकिएकोले मृत्युको कारण छिट्टै पत्ता लाग्नेछ । उनीहरु रेफ्रिजेरेटर रहेको कन्टेनरमा मृत भेटिएकाले निसास्सिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

मृत मध्येकी एक २६ वर्षीया महिलाले आफ्ना परिवारका सदस्यलाई आफू मर्न लागेको जानकारी मेसेज गरेकी थिइन् । यही मेसेज कन्टेनरमा मृत भेटिएकाहरु भियतनामी हुन् भन्ने पत्ता लगाउने आधार बन्यो । यसअघि उनीहरु चिनियाँ नागरिक भएको खबर आएको थियो ।

मृतक मध्येकी फाम थी ट्रा माईले मर्नुअघि लेखेको मेसेज सामाजिक सञ्जालमा भाइरल भयो । बेलायत छिर्नकै लागि भियतनामी युवती फाम थी ट्रा माईले ४० लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर तिरेको खुलेको थियो। बेलायत छिर्ने क्रममा माईको लरीको कन्टेनरभित्र मृत्यु भएको हुनसक्ने सम्भावना देखिएपछि परिवारले उक्त खुलासा गरेको थियो ।

माईको परिवारले ३८ हजार डलर मानव तस्करलाई बुझाएको उनको परिवारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका थिए । २६ वर्षीया माई बेलायत छिरिन् तर उनको लरी कन्टेनरभित्र मृत्यु भएको पत्ता लागेको थियो ।

माईसहित अन्य भियतनामी नगारिक पनि मानव तस्करको हातमा पुगेको पुष्टि भएको छ । यसअघि कन्टेनरभित्र निसास्सिएर ज्यान गुमाएका ३९ जना चिनियाँ नागरिक भएको भनिएकोमा भियतनामी भएको पुष्टि भएको थियो । चीन हुँदै बेल्जियम पुर्याएर बेलायत प्रवेश गराउने क्रममा उनीहरुको मृत्यु भएको थियो ।
घटना भएको दिन एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् । २६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश परिवारले खुलाएको थियो । सन्देशमा आफू मर्न लागेको र विदेशयात्रा असफल भएको लेखिएको थियो । निकै मार्मिक सन्देश संसारभर भाइरल भएको छ । सन्देश कन्टेनरभित्र निसास्सिइरहेकी माईले आमालाई लेखेकी थिइन् ।

माईको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लगिएकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो । निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो ।

बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा बिहिबार ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक भएको भनिएपनि अन्य देशका नागरिक समेत भेटिएका छन् ।

घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ । घटनापछि मानव तस्करहरुको ठूलो सञ्जाल पत्ता लागेको र धेरै पक्राउ पर्ने सम्भावना देखिएको छ ।
-एजेन्सी

Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्