Logo

प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन, डायलसिस गरेर काम गर्न सक्नुहुन्छ- डा. शेखर कोइराला, नेता, नेपाली काँग्रेस



काठमाडौं, १६ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पेशाले चिकित्सक पनि हुन् । उनीसँग देशको समसामयिक राजनीति र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यवस्थाबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपालको राजनीति कतातिर गइरहेको छ ?
नेपालको राजनीति हेर्दा ठिकै देखिन्छ । अहिले प्रधानमन्त्रीजी अस्वस्थ हुनुहुन्छ । उहाँको शिघ्र स्वाथ्यलाभको कामना गर्दछु । उहाँको स्वास्थ्यको अवस्था हेर्दा रेगुलर डायोलोसिसमै बस्नुपर्छ कि जस्तो लाग्छ ।
उहाँको डायलसिस त लगातार गर्नुपर्छ जस्तो छ, के हुन्छ ?
त्यसमा पनि केही फरक पर्दैन, हप्ताको तीन दिन गर्ने हो । अरु देशहरुमा पनि उच्चओहदाका व्यक्तिहरुले डायलसिस गरेर काम पनि गरिराखेका हुन्छन् । हाम्रा प्रधानमन्त्रीजीले पनि त्यो गर्न सक्नुहुन्छ । डायलसिस गर्दैमा धेरै चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन ।
यसरी रेगुलर डायलसिसमा बसिरँदा पदबाट राजीनामा दिनुपर्छ भन्ने छैन हो ?
भन्नलाई भन्छन्, तर, मैले देखेको छु, जयप्रकाश नारायणले पनि डायलसिस गराउँदै आन्दोलनको नेतृत्व गर्नुभएको थियो । त्यतिबेला उहाँको पनि रेगुलर किड्नी डायलसिस हुन्थ्यो । त्यतिबेला भारतमा पनि भर्खर सुरु भएको थियो, डायलसिसको सेवा । उहाँ डायलसिस पनि गर्नुहुन्थ्यो, आन्दोलनहरुमा भाग लिन कहिले, बम्बई, कहिले मद्रास पुगेको मैले आपैmले देखेको छु । बिरामी हुनुहुन्छ भनेर हामीले मात्रै भन्दिनुभएन । उहाँको आफ्नै आत्माबलमा भर पर्ने कुरा हो ।
२०६२/०६३ को जनआन्दोलन ताका गिरिजाप्रसाद कोइराला पनि अस्वस्थ हुनुहुन्थ्यो, त्यतिबेला उहाँको आलोचना हुन्थ्यो, आज प्रधानमन्त्रीको पनि राजीनामा दिनुपर्छ भन्ने कुरा उठिरहेको छ, के भन्नुहुन्छ ?
म आपैm डाक्टर पनि हो, त्यस्तो हुन्छ । मानिसहरु बिरामी हुन्छन् । प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट भएकै १२-१३ वर्ष भइसकेको छ । उहाँको किड्नी ट्रान्सप्लान्ट भएको बेलामा म आपैm पनि दिल्ली गएर भेटेको छु । यो १२-१३ वर्षको दौरानमा कमजोरी होला, अभैm काम गर्दैहुनुहुन्छ । तर, त्यही कारणले रिजाइननै गर्नुपर्छ भन्ने पक्षको मान्छे म होइन । उहाँले हप्ताको तीनदिन बालुवाटरमै गरेपनि हुन्छ, डायलसिस । त्यसका लागि सधैं अस्पताल जनुपर्छ भन्ने पनि छैन ।
त्यसोभए बाटुवाटारमै डायलसिस गरेर भएपनि प्रधानमन्त्रीले काम गरिरहनुपर्छ भन्ने पक्षमा तपाईं हो ?
उहाँ आपैm असक्त महसुस गरेर स्वेच्छाले छोड्नुहुन्छ भने केही भन्नुछैन । होइन, जनता र पार्टीका साथीहरुले प्रेसर दिएर छोडाउने काम गर्नुहुँदैन । त्यसले उहाँको मोरल डाउन हुन्छ ।
प्रधानमन्त्रीको पनि त व्यक्तिगत जीवन हुन्छ नि बिरामी हुँदा बिस्राम गर्न पाउने ?
उहाँ देशको प्रधानमन्त्री हो । त्यसकारण रेगुलर डायलसिस गराएर पनि प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुहुन्छ । तर, उहाँले आफ्ना लाइफ स्टाइललाई चेन्ज गर्नुपर्छ । अहिले उहाँलाई कसैले पनि मोरल डाउन गराउने काम गर्नुहुदैन ।
तर, कांग्रेसका कतिपय नेताहरुले त अहिल पद छोडेर उपचारमा गराउने अनि पछि पदमा फर्किए भइहाल्छ नि भनेका छन् नि ?
प्रधानमन्त्रीले काम गर्न नसकेर रानीनामा दिनुपर्ने हो कि बिरामीको कारणले ? विरामी भएकै कारणले हो भने पर्दैन, कामै गर्न नसकेको कारणले हो भने दिनुपर्छ ।
बिरामीको कारणले उहाँलाई पदमा बसेर काम गर्न गाह्रो भयो त्यसैले पद छोड्नुपर्छ भनेका छन् नि ?
देशकै राष्ट्र प्रमुख हुँदा पनि गिरिजाबाबु अस्वस्थ हुनुहुन्थ्यो, उहाँले त चलाउनुभयो नि । उहाँले अक्सिजन लिई–लिई हिंडेर काम गर्नुभयो । जयप्रकाश नारायणको त मैले उदाहरणनै दिएँ । म आपैmले देखेको छु, दुईदिन अगाडि डायलसिस भएको छ, त्यसपछि गएर दुई-अढाइ लाख मान्छेमाझ आमसभा गर्नुभएको थियो । त्यसकारण डायलसिस गरेर पनि काम गर्न सकिन्छ भन्न खोजेको हुँ ।
त्यसोभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन भन्ने कांग्रेसको भनाइ हो ?
प्रधानमन्त्री आपैmले आपूm बिरामी भएकाले मैले देशले खोजेजस्तो काम पनि गर्न सकिँन भनेर स्वच्छाले दिनु बेग्लै कुरा हो । स्वास्थ्यकै कारणले कसैको दबाबमा राजीनामा दिइहाल्नुपर्छ भन्ने पक्षमा म छैन । आजकाल डायलसिसको धेरै राम्रो सुविधा छ, पहिलाको जस्तो होइन । होम डायलसिस घरैमा बसेर रातिको समयमा उहाँले गराउन सक्नुहुन्छ । दिनभरि काम गर्नुहुन्छ । बालुवाटरमै त्यो व्यवस्था मिलाउँदा हुन्छ । बिरामी भएको बेलामा देशको प्रधानमन्त्रीको मनोबल उच्च बनाउनुपर्ने बेलामा हामी मनोबल गिराउन खोज्दैछौं ।
त्यसोभए प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्छ यो आलोचना गर्ने बेला होइन ?
डायलसिस गराउँदै पनि उहाँले राम्रो काम गर्नुप¥यो । मन्त्रीहरुलाई राम्रोसँग गाइड गर्नुप¥यो । आपूmलेभन्दा पनि मन्त्रीलाई बढी सक्रिय बनाउने हो प्रधानमन्त्रीले गर्ने त्यही त होनि ।
उपनिर्वाचनको उम्मेदवार अहिलेसम्म तय गर्न गर्नुभएको छैन नि किन ?
हामीहरुको पाल्र्यमेन्टको बोर्ड नबेको हुनाले यस्तो भएको हो । मैले धेरै पहिलादेखि भन्दै आएको थिएँ र सात गतेको मिटिङमा पनि भनेको छु । औपचारिक मिटिङ त भएन, इनफर्मल रुपमा भनेको हो । रामचन्द्रजी र सिटौलाजी दुईजनालाई पदाधिकारी मिटिङमा थपिदिने र पदाधिकारी मिटिङ बसेर निर्णय गर्नुहोस् त्यही नै हामीहरुलाई मान्यहुन्छ भनेको हो । संसदीय बोर्ड बनेको छैन, त्यो बनाउन थाल्यो भने फेरि विवाद सुरु हुन्छ । अहिलेको उपनिर्वाचनभन्दा अगाडि नत नविसंघ, नत नरुणदल न अन्य कुनै कुरा नछोइकन सर्वसम्मत ढंगले एक भएर साझा उम्मेदवार खडा गरेर उपनिर्वाचनमा लाग्दा राम्रो रिजल्ट आउँछ भन्नेमा म विश्वस्त छु ।
त्यो सम्भव होला र, कांग्रेसमा गुटैगुट छ ?
तपाईंले भागबन्डाको कुरा गर्नुभएको होला, म पनि घुमिरहेको छु । अहिले पनि म बुटवलमा छु । तपाईंले भनेको जस्तै छैन ।
अभैm पनि कांग्रेसका नेताहरु चेतेका छैनन् नि ?
त्यही त अहिले विवाद किन बनाउने । एकत तीन महिनापछि हाम्रो कार्यकालै सकिँदैछ । अब विभाग बनाएर केही काम छैन । विभाग थप्नेतिर लाग्नुपनि हुँदैन । त्यसले विवाद निम्तिने मात्रै हो, अरु केही हुँदैन । अहिले उपनिर्वाचनसम्म कुनै किसिमको विभाग, नेविसंघ, नतरुणदल कुनै पनि विभाग, भातृसंगठन, कुनै पनि विभाग र त्यसको नाममा हुने विवाद निकालिने छैन । सबै भ्रातृ संघ, संगठन, शुभेच्छुक संस्था उपनिर्वाचनमा केन्द्रित भएर जाने हो ।
कास्की-२ मा कसलाई उम्मेदवार बनाउँदैहुनुहुन्छ ?
कस्को भन्ने हुँदैन, अब संसदीय बोर्ड बनिसकेको छ । पदाधिकारीलगायत रामचन्द्रजी र सिटौलाजीको संसदीय बोर्ड बनिसकेकाले उहाँहरुको निर्णयमा जो उम्मेदवार भएपनि सबैजना एकजुट भएर कास्की जान्छौं । त्यहाँ बस्छौ, असन्तुष्ट साथीभाइहरुलाई मिलाउँछौं । सबै एकजुट भएर चुनाव जित्नेगरी अगाडि बढ्छौं हामी ।
स्थानीयलाई दिने कि अन्तकालाई दिने ?
म संसदीय बोर्डमा छैन, मैले कसरी भन्नु ? उहाँहरुले कसलाई बनाउनुहुन्छ हाम्रो त्यसमा सहमति हुन्छ । त्यो बोर्डले जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्नुपर्छ ।
उपनिर्वाचनसम्म पार्टीका अन्य कुनै निर्णय गर्नुहुँदैन हो ?
यो उपनिर्वाचन अगाडि पार्टीका कुनै पनि निर्णय गर्नुभयो भने त्यो नेपाली कांग्रेसका लागि प्रतिपादक हुन्छ । अहिले नेपाली कांग्रेसको पक्षमा राम्रो परिस्थिति छ । धरान, पोखरा, भक्तपुर, दाङ, बाग्लुङलगायत सबै ठाउँमा कांग्रेसका पक्षमा राम्रो जनलहर छ । त्यसैले पार्टीभित्रका आन्तरिक बखेडा झिकेर चुनावमा प्रतिपादक हुनुभएन ।
कांग्रेसमा महासधिवेश एक वर्षका लागि पछाडि सार्ने छलफल सुरु भएको छ नि ?
महाधिवेशन त हाम्रो कसैले म्याद थप्दैन भन्यो भने पनि बेकारको कुरा हो । फागुन अन्तिममा हामीहरुको कार्यकाल सकिन्छ । त्यसकारण महाधिवेशनको मिति त थप्नैपर्छ । त्यो काम पनि मंसिर १४ पछि मात्रै गरौं भन्न खोजेको मैले त । टिकट दिनेबाहेक अरु कुनै निर्णय गर्नुहुँदैन । अहिले हाम्रो अर्जुन दृष्टि यो उपनिर्वाचनमा लगाउनुपर्छ । ४ वटा संघ, तीनवटा प्रदेश, मेयर, गाउँपालिका र वडाकासमेत उपनिर्वाचन छ । यी चुनावमा हाम्रो अर्जुन दृष्टि हुनुप¥यो ।
पार्टीभित्रका असन्तुष्टिहरु छताछुल्ला भयो भने कसरी चुनाव जित्छ र ?
मैले पटक–पटक भन्ने गरेको छु । जुन बेला बहस, छलफल, असहमति राख्ने बेला हुन्छ मिल्नुहुन्छ । जुन बेला मिल्नुपर्ने हुन्छ त्यति बेला विभिन्न असहमतिका कुरा निकाल्नुहुन्छ उहाँहरु । १४ मंसिरसम्म पार्टीभित्र कुनै किसिमको विवाद नगर्नुस् । त्यो तलसम्म जान सक्छ ।
तपाईंले शेरबहादुर र रामचन्द्र पौडेल अभिभावक बनेर बस्नुपर्छ भन्नु भएको छ नि ?
राजनीतिमा कालखण्ड हुन्छ । एउटा कालखण्डमा उहाँहरुको नेपाली कांग्रेसमा ठूलो योगदान छ । यो देशमा लोकतन्त्र प्राप्तिका निम्ति धेरै ठूला योगदानहरु उहाँहरुको छ । कालखण्ड सकिएपछि उहाँहरुको उपयोगिता पनि सकिन्छ । त्यसकारण उहाँहरुको अनुभवलाई हामीजस्ता संगालेर राख्नुपर्छ । त्यसकारण मैले भनेको त्यो लामो अनुभव किताब लेखेर हुन्छ कि के गरेर हुन्छ जनता र कार्यकर्तासामु ती अनुभव शेयर गर्नुपर्छ भनेको हो । उहाँहरुले नेपाली कांग्रेसमा योगदान गर्नुभएको छ ।
आउने महाधिवेशनमा दु्ई नेताको औचित्य छैन भन्ने तर्क गर्नुभयो नि ?
होइन मैले कहाँ त्यसो भनेको छु र उहाँहरु लड्न चाहनुहुन्छ भने अरु पनि लड्छन् नि के चिन्ता गरेको त्यसमा । यो नेपाली कांग्रेसभित्रको चुनाव न हो, कसैले लड्नै हुँदैन भन्छ भने त्यो त गलत हो नि । यसमा जसले जितेपनि कांग्रेसकै मान्छेले जित्ने त हो नि ।
तपाईंले उहाँहरुलाई अब किताब लेखेर बस्नुभन्नुभयो नि ?
गणेशमानजी कहिल्यै नेपाली कांग्रेसको सभापति हुनुभयो जिन्गीमा, तर उहाँको मूल्यांकन भएको छ कि छैन ? उहाँको मूल्यांकन सभापतिभन्दा कम त छैन । त्यसकारण मैले अब नयाँ ढंगले नेपाली कांग्रेस जानुपर्छ भनेको हो । त्यो समयमा नेपाली कांग्रेसको मात्रै होइन, लोकतन्त्र प्राप्तिको लागि ठूलो योगदान दिनुभएको छ, त्यसको हामी सबैले कदर गर्नुपर्छ । उहाँहरुले नेपाली कांग्रेसमा अभिभावक भएर औला ठढ्याउन सक्ने आँट राख्नुपर्छ । पहिला हामी राणा, पञ्चायतका विरुद्ध यसरी लडेका थियौं भनेर ती कुरालाई प्रचारमा लानुपर्छ ।
शेरबहादुर र रामचन्द्र पौडेल दुवैले आगामी महाधिवेशनमा सभापति पदको रुचि देखाउनुभएन ?
उहाँ उठ्नुहुन्छ भने कुनै आपत्ति छैन । तर राजनीतिमा कालखण्डहरु हुन्छ, त्यो समाप्त भइसक्यो । अब नयाँ तरिकाले जानुपर्छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व नयाँ पुस्तामा परिवर्तन हुन्छ ?
नेपाली कांग्रेसले आगामी महाधिवेशनको मिति नै तय गरेको छैन । त्यो भइसकेपछि आपैm यी कुराहरु आउँछन् ।

शेरबहादुर देउवा नै सभापति हुनुपर्छ भनेर कांग्रेसकै एउटा खेमा लागेको छ नि ?

लाग्छन्, त्यस्तो भइहाल्छ नि । पार्टीमा लागिसकेपछि मानिसका इच्छाआकांक्षाहरु धेरै हुन्छन् ।
आउँदो महाधिवेशन यथास्थिति हुँदैन, परिवर्तन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
हुन्छहुँदैन म अहिले एकिन गर्दैन, तर हुनुहुँदैन भन्छु । कुनै पनि नेताको कालखण्ड हुन्छ भन्ने कुरा फेरि पनि दोहो¥याउँदैछु ।
आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?
तपाईंले बुझिसक्नुभयो, कति एउटै कुरा दोहो¥याउने ?
आगामी महाधिवेशनमा सभापति जित्न तपार्इंं योग्य उ्रम्मेदवार हो ?
म मात्रै होइन, अरु साथीहरु पनि योग्य छन् । कार्यकर्ताले जसलाई विश्वास गर्दछन् उसैले नेतृत्व दिन्छ ।
कोइराला परिवारबाट तपार्इंंको नाम आयो नि ?
कोइरालाको मात्र किन कुरा गरेको, कोइराला बाहेक पनि हुनुहुन्छ नि उहाँहरुको पनि धेरै योगदान, त्याग छ ।
रामचन्द्र र सिटौला गुटको पनि तपाईंलाई सहयोग हुन्छ ?
यहाँ शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी कसैको गुट होइन, महाधिवेशन प्रतिनिधिहरुले कसलाई भरोसायोग्य ठानेर मतदान गर्दछन् त्यही मान्छे जितेर आउँछ । अब हिजोको जस्तो म यसको गुटमा छु त्यसैले यसलाई भोट दिनुपर्छ भन्ने दिन गइसकेको छ । अहिले नेपाली कांग्रेसभित्र पार्टी बँचाउनुपर्छ भन्ने भावना भइसकेको छ । यहाँ नेता होइन, नेपाली कांग्रेस बाँच्यो भने देश बाँच्छ, देश बाँच्यो भने मात्रै हामी बाँच्छौं भनेर कार्यकर्ताहरुले सुरु गरिसकेका छन् ।
मोहमत आलमको पक्षमा तपार्इं लाग्नुभयो भन्ने छ नि किन ?
मैले कसैलाई बँचाउन लागेको पनि छैन, तपार्इंलाई कसले भन्दियो । मेरो भनाइ कानुनले जे भन्छ, त्यसमा निश्पक्ष छानविन हुनुपर्छ । त्यसमा कानुनले जे भन्छ त्यसलाई स्वीकारीहालिन्छ नि । हामीले कसैलाई दोषी भन्ने अधिकार हुँदैन ।
अदालतको निर्णय आउन बाँकी छ ?
हो, अदालतको निर्णय पर्खिनुपर्यो नि । नेपाली कांग्रेस प्रस्ट अदालतमा गइसकेको मुद्दा उसले के पैmसला गर्छ त्यसलाई हामीले स्वीकार गरिहाल्छौं नि ।
वर्तमान सरकार कति सफल कति असफल ?
लोकतन्त्रलाई कमजोर पार्ने खेल यो सरकारले गरिरहेको छ । संवैधानिक सर्वोच्चतालाई स्वकार गरिरहको छैन । शक्तिपृथकीकरणलाई स्वकार गरेको छैन । न्यायपालिका निरिह भएको अवस्था छ । न्यायाधिशको घाँटीमा तरबार झुन्डिएको अवस्था छ । मानवअधिकार, प्रेस स्वतन्त्रतालाई कुण्ठित पारिएको अवस्था छ । मिडिया काउन्सिल विधेयकमार्पmत प्रेसको घाँटी निमोठ्ने काम भएको छ । राष्ट्रिय सुरक्षा परिषद् निर्णयमा प्रधानमन्त्रीले सेनापरिचालन गर्ने कुरा आइरहेका छन् । यी कुराले लोकतन्त्रलाई कमजोर बनाउँदैछ, जबसम्म लोकतन्त्र सवल हुँदैन, त्यहाँ देश समृद्धितिर जाँदैन ।
मुलुकमा लोकतन्त्रको विकल्प छ र ?
लोकतन्त्रको विकल्प त अझ बढी लोकतन्त्र हो । त्यसको विकल्प त छँदैछैन । तर, यो सरकारले त्यसलाई समाप्त पार्न खोजेको छ ।
कसरी यो सरकार लोकतान्त्रिक मूल्य र मान्यताप्रति अडिग छ नि ?
खाली बोलीमा मात्रै भएर हुँदैन । संवैधानिक सर्वोच्चता हाम्रो देशको मूल कुरा हो । संविधानका धेरै धाराहरुलाई उहाँहरुले कुल्चिसक्नुभएको छ । यहाँ स्वतन्त्र न्यायपालिका छैन । देशमा शान्तिसुरक्षा र सुशासन दिन सकेको छैन, लोकतन्त्रका म्ुलभूत सिद्धान्त नै नभएपछि लोकतन्त्र कमजोर भएन ?
छठपर्वको बारेमा के भन्नुहुन्छ ?
तराई क्षेत्रमा बसोबास गर्नुहुने नेपाली जनतालाई छठपर्व २०७६ को उल्लासमय वावरणमा हार्दिक शुभकामना दिन चाहन्छु । तराईवासी नेपाली जनताको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु ।

File Photo



प्रतिक्रिया दिनुहोस्