Logo

इन्द्रले ऋषिपत्नी अहिल्यालाई छल गरेपछि…



गौतम ऋषिकी पत्नी अहिल्या सुन्दर थिइन् । पाँच साध्वी महिलाहरुमध्ये उनको गणना गरिएको छ । उनी असाध्यै पतिव्रता थिइन् ।

अहिल्याको सौन्दर्य देखेर इन्द्रको कुदृष्टि पर्यो । अहिल्यासँग सम्पर्क गर्न षड्यन्त्र रचे । रातमैं चन्द्रमालाई अदृश्य बनाएर विहानै भ्रम सृजना गरे । गौतम ऋषिलाई उज्यालो भएछ भन्ने लागेछ । ऋषि निन्द्रा तगेर स्नान गर्न नदीतर्फ लागे ।

मौका छोपेर बसेका देवताका राजा इन्द्रले गौतम ऋषिको रुप धारण गरे । उनी ऋषिको खोपीमा पसे । अहिल्यासँग सम्पर्कको आग्रह गरे । अहिल्यालाई पतिको शैली अस्वाभाविक लाग्यो । छक्क परिन् । तर, पतिको आज्ञा मान्न केही नसोची सम्पर्कका लागि तयार भइन् ।

नदीमा ध्यान गरिरहेका गौतम ऋषिले चाल पाए । तत्काल नदीबाट फर्किंदा उनले आँखैले कुकार्य देखे । आक्रोशित हुँदै गौतम ऋषिले इन्द्र र अहिल्या दुवैलाई श्राप दिए । यौनमा लुब्ध भन्दै हजार योनी उत्पन्न होस् भनी इन्द्रलाई श्राप दिए । इन्द्रको जीउभरी यौनांग उत्पत्ति भयो । अहिल्यालाई शिला भइजा भने । उनी तत्काल शिला भइन् । छलमा परेकी अहिल्या श्रापित हुनुपर्यो ।

धार्मिक कथाबाट साभार , क्रमशः

Photo Source: quora



प्रतिक्रिया दिनुहोस्