Logo

मेयर सरावगीद्वारा उज्यालो वीरगन्ज कार्यक्रमको उदघाटन



वीरगन्ज, १६ कात्तिक । वीरगन्ज महानगरपालिकाद्धारा लागु भएको उज्यालो बिरगंज कार्यक्रमको नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गरेका छन् । अत्याधुनिक प्राविधिक उपकरण जडान सकितको लाइटद्धारा महानगरपालिकाको सहरी तथा ग्रामिण भेगलाई उज्यालो बनाउने उदेश्यका साथ महानगरपालिकाले चालु आर्थिक बर्षदेखि लागु उक्त कार्यक्रमको नगर प्रमुख सरावगीले शुक्रबार साझ दुइटा टावर लाइटबालेर उदघाटन गरेका हुन् ।

“उज्यालो बिरगंज अभियान“ अन्तर्गत माहानगर भित्र यसबर्ष दसवटा टावर लाईट लगाउने योजना रहेकोे र त्यस मध्ये वार्ड न १९ बिन्दवासीनीको केहुनिया चौक र वार्ड १० अन्तर्गत अदर्शनगर रगशालामा जडान भएको टावर लाईटहरुको उद्घाटन गर्दै उक्त अभियानको उनले उदघाटन गरेका हुन् ।

बाकी टावर लाइटहरुको यहि कार्तिकको अंतिमसम्मा संचालन भइहाल्ने महानगरपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने दुइ बर्षभित्र पुरै बिरगंज महानगरमा समय अनुसार स्वचालित टावर तथा रोड लाइट जडान गरी महानगरपालिकामा “उज्यालो बिरगंज अभियान’’ लाई पुरा गरिने बताए ।

उनले महानगरपालिकाको सबै सडक तथा चौकहरुलाई अत्याधुनिक पोलबति जडान गरि बिरगंजलाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको उहाले कार्यक्रममा बताए । कार्यक्रममा समाजबादी पार्टीका केन्द्रिय सदस्य शशी कपुर मिया, वार्ड अध्यक्ष सन्तोश तिवारी, राजनीतिक सल्लाहकार मुकेश द्विवेदी ,कार्यपालिका सदस्य सुशील साह कानु,स्वास्थ समिति सदस्य सजन अग्रबाल, युवा नेता पिन्तु उपाध्याय ,समाजसेवी मुर्ली जलान र स्थानीय नेता प्रमोद यादव, केदार साह, प्रभु यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्