Logo

‘प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ, चिन्ता गर्नुपर्ने अवस्था छैन’ : डा. चक्रराज पाण्डे



ग्राण्डी ईन्टरनेश्नल हस्पिटलका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेकोले अहिले स्वास्थ्यको विषयमा कुनै चिन्ता गर्नु नपर्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलाले डा. पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री ग्राण्डी अस्पतालमा आएर डायलासिस गराउनुभयो, उहाँको अवस्था कस्तो छ ?

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति मैले हिजो प्रेस विज्ञप्तिमा भनेको थिएँ । पत्रकार भेटघाटमा मैले भनेको छु । उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो । उहाँको स्वास्थ्यका विषयमा चिन्ता गर्नुपर्ने अवस्था मैले देखेको छैन ।

उहाँको डायलासिस हप्तामा कतिपटक गर्नुपर्छ ?

उहाँको डायलासिस डा. दिव्यासिंह शाहको लिडलरसिपमा एउटा टिम बनाइएको छ । त्यसमा विभिन्न कुराहरुको एनलाइसिस गर्दै प्रो.डा. शाहले निर्णय गर्नुहुन्छ । उहाँको निर्णय अनुसार कहिले गर्ने, कतिबेला गर्ने अथवा केही समय गर्नैनपर्ने हो कि भन्ने कुराको उहाँले नै निधो गर्नुहुन्छ । त्यसपछि उहाँको उपचार मेरो लिडरसिपमा ग्राण्डी इन्टरनेशनल अस्पिटलले गर्छ ।

उहाँको डायलासिस हप्ता तीनपटक गर्नुपर्छ भनेर बाहिर आएको छ, तपाईंलाई के लाग्छ ?

यस्ता समाचारहरु म पनि धेरै पढ्छु । यी सबैलाई देख्दा म पनि छक्क पर्छु । रिपोर्ट आएको एउटा हुन्छ, लेखेको अर्कै हुन्छ । यसमा अनावश्यक टिकाटिप्पणी भइराखेको देखेको छु, त्यसमा किन त्यस्तो भएको हो ? मलाई नै कन्फ्युजन छ । त्यसैले त्यस्ता हल्लाको पछि नलाग्नको लागि म सबैलाई अनुरोध गर्दछु ।

त्यसो भए प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, उहाँ नियमित काम गर्न सक्नुहुन्छ ?

उहाँ नियमित रुपमा काम गर्न सक्नुहुन्छ । फेरि यो भनिरहँदा उहाँको स्वास्थ्यमा कुनै समस्या छैन भन्न खोजेको होइन । उहाँलाई रिएक्टिभेट हुनु, हेमोडायलासिस हुनु, उहाँ फेरि १२ वर्षदेखि बिरामी भएको, किड्नी ट्रान्प्लान्ट गरेको सबैलाई थाहा भएकै कुरा हो । तर, ती सबैका बाबजुद उहाँले जुन खालको ट्रिट्मेन्टमा बस्नुभयो, त्यही खानामा कन्ट्रोल गर्नुभयो । यी सबै कुराले उहाँलाई एकदमै हैल्दी बनाएको देखिन्छ । डायलासिसमा जुन खालको जनमानसमा सोचाइछ । ओहो डायलासिस भयो, महिनामा यतिपल्ट, हप्तामा नै यतिपल्ट भन्ने जुनखालको अफवाह पैmलाइएको छ । त्यस्तो होइन, डायलासिस भनेको बेसिकल्ली जसरी हामीले दिसापिसाव गर्दछौं त्यस्तै एउटा नियमित प्रक्रियामा सहयोग हो ।

यसरी डायलासिसमा बसेर पनि नियमित काम गर्दा उहाँको स्वास्थ्यमा समस्या आउँछ कि आउँदैन ?

डायलसिस गर्दै काम गरेको आधारमा उहाँलाई समस्या हुन्छ जस्तो मलाई लाग्दैन । म डाक्टर भएको हुनाले यसमा मेरो हेराइ फरक खालको छ । पदमा होस या नहोस् कुनै पनि मान्छे कुनै पनि बेला बिरामी हुनसक्ने रियालिटी हामीले बुझ्नुपर्छ । हिजो दिउँसो साँझसम्मको कुरा गर्दा उहाँ नियमित काम गर्न सक्ने अवस्थामा हुनुहुन्छ । आफ्ना डिलरसिपलाई सुल्लाह, सुझाव दिन सक्ने उहाँको मेन्टल र फिजिकल पावर पनि मैले देखेको छु । उहाँलाई मनोवल बढ्ने खालको वातावरण तयार गर्न सक्यौं भने हामी दिमागबाट नेगेटिप सोचाइ भागेर जान्छ । र, उहाँले देशलाई लिडरसिप जसरी दिइरहनुभएको छ, त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

डायलासिस त गर्नुपर्छ सबैलाई थाहा छ, अरु पनि केही समस्यामा छ प्रधानमन्त्रीको स्वास्थ्यमा ?

छैन । उहाँलाई डायलासिसबाहेक कुनै पनि समस्या छैन । डायलासिसपछि केही रेष्ट गर्नुपर्ने आवश्यकता छ । त्यसपछि एक्सरसाइजको कुरा पनि आउँछ त्यसैलाई जिन्दगीमा हुने कुरा हुन् । उहाँ देशको लिडरसिप भएकाले अब हिजोकोजस्तो काम गर्न सक्नुहुन्न कि भन्ने जनमानसमा जुन चिन्ता छ, त्यो गर्न म जरुरी देख्दिँन । भोलिको दिनमा डायलासिसपछि फेरि ट्रान्सप्लान्टकै कुरा आउँला त्यो फेरि मेरो काबुभन्दा बाहिरको कुरा हो । जे–जति भनेपनि उहाँले लामो समय लिडरसिप दिन सक्नुहुन्छ भन्नेमा म विश्वस्त छु । अरु पछि देखिने समस्याका बारेमा त उहाँको फिजिसिनहरुको एउटा टिम छ, त्यसले डिसिजन गर्ने कुरा हो । योभन्दा पनि जो उहाँको स्वास्थ्य हेरिरहनुभएको उहाँहरुले आवर टु आवर निगरानी राखिरहनुभएको थियो ।

अब प्रधानमन्त्री ग्रान्डी अस्पतालमै आएर डायलासिस गर्नुपर्छ बालुवाटारमै व्यवस्था मिलाउनुहुन्छ ?

बालुवाटार, ग्रान्डी अथवा अन्य इन्टिच्युटमा गरेपनि मुख्य कुरा हामीले उपचार गर्दा हुने इफेक्सनका कुरालाई एकदमै निगरानीमा राख्नुपर्छ । जुन ठाउँमा उपचार गरिन्छ त्यहाँ जुनखालको वातावरणको तयारी गर्नेपर्ने हो, यो गर्नुप¥यो । यसमा दुईवटा कुरा हुन्छन्, एउटा विज्ञान, अर्को मान्छेको इमोसनल । त्यसबाहेक हल्लाखल्ला फैलाएर मान्छेमा त्रास पैmलाइदिने यस्ता कुराहरु छन् । उहाँलाई मिडियाहरु झकझक्याएर धेरै थकित पनि बनाउँनुहुँदैन । यहाँ डायलसिस हजारौं मान्छेहरुको भइराखेको छ । त्यसकारण यसमा धेरै अप्ठ्यारो मान्ने पर्दैन । ग्रान्डीमै उहाँको लागि हामी विशेष कक्ष पनि बनाएका छौं । त्यहाँ एन्टिइन्फेक्सनको हरेक मेजरमेन्टहरु गरिएको छ । त्यसमा सेकेन्ड–सेकेन्डमा फलोअप गर्न सक्छन् ।

अब प्रधानमन्त्री उपचारको लागि सिंगापुर जानुपर्छ कि पर्दैन ?

यसमा मेरो एकदमै ओपन माइन्ड छ । डिफ्रेन्ड कन्ट्रीहरुमा डिपे्रmन्ड खालको पद्धती छ । सिंगापुरको एउटा नाम छ । उनीहरुको सेल्फकेयरमा लामो एक्सपेरियन्स छ । त्यसमा कुनै प्रश्न छैन । अब त्यस सवालमा त्यही लेबलको प्लस इमोसनल्ली हाम्रो प्राइमिनिस्टर भन्ने भावना पनि छ मनमा । त्यसले गर्दा सिंगापुरले दिनसक्ने उपचार नेपालमा पनि हुने सिनारियो अहिले छ । उहाँको इभन ट्रान्सप्लान्टमासम्म पनि हामी त्यो लेभलमा छौं । हाृेइन हामीले सिंगापुरलाई बढी सुरक्षित र फराकिलो वातावरण ठान्दछौं भन्दा पनि मेरो उहाँप्रति ठूलो सद्भाव छ । म उहाँलाई उहाँ जानुस्, त्यहाँ जानुस् भनेर कुनै एड्भाइस गर्ने पक्षमा छैन । जब रेस्पोन्सिबिलिटी लिनुपर्ने हुन्छ, त्यतिबेला हामी एकदमै केयरफुल्ली गर्छौं । त्यसको लागि एकदमै सजकतापूर्वक यो कुरा दिइयो, अब यो दिन्छौं भनेर केयरफुल्लीकासाथ गर्दछौं ।



प्रतिक्रिया दिनुहोस्