Logo

आमा र दुई बालक मृत फेला



गुल्मी, कार्तिक १६ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित पोखरी भन्ने ठाँउमा तीन वटा बेवारिसे शव फेला परेका छन् ।

मृत भेटिएका तीन जना मध्ये एक महिला र दुई जना बालक रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा शवको पहिचान गर्ने कुनै प्रमाण नभेटिएकोले शवको सनाखत हुन सकेको छैन ।

कच्ची सकड नजिकै महिला र दुबै बालकको शव भेटिएको थियो । हत्या वा आत्महत्या के हो भन्ने बारे प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्