Logo

राष्ट्रपति भण्डारी कमलपोखरीमा, पूर्वयुवराज्ञी हिमानी नागपोखरीमा(भिडियोसहित)



काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन् । राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।

त्यस अवसरमा उनले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पु¥याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरेकी थिइन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन् ।

काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाई रहेका छन ।

यता पूर्वयुवराज्ञी हिमानी शाहले भने काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन् । पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा अर्चना गरेकी हुन् ।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने गर्दछ ।

विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्