Logo

दुई तिहाईको दम्भ बोकेको ओली सरकारले सिन्को भाँच्न सकेन- जीतेन्द्र सोनल, मन्त्री, प्रदेश नम्बर २



काठमाडौं, १६ कात्तिक । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि भएको बताइरहेका छन् । सोनलसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि छठ पर्वको समयमा प्रदेशको विकासबारे ऋषि धमलासँग गरेको कुराकानीः

प्रदेश नं. २ मा कसरी छठपर्व मनाइरहनुभएको छ ?
आज छठपर्वको तेस्रो दिन अत्यन्तै राम्रो ढंगले यहाँ सञ्चालन भइरहेको छ ।
छठपर्व नेपालका सबै भाग अत्यन्तै महत्वका साथ मनाउन थालिएको छ, यसको महत्व के छ ?
यो पर्वलाई मधेसमा चार दिनसम्म मनाइन्छ । पहिलो दिन नुहाएर मात्र खाने, दोस्रो दिन साँझ सुर्यलाई अर्घ दिने अनि आइतबार बिहानको सूर्यलाई अर्घ दिने गरिन्छ । साग गरी यो पर्वको हाम्रो समाजमा बहुआयामिक महत्व छ । यसलाई आरोग्यता, एकता, सामाजिक सद्भाव र कृतिसँग सम्बन्धित उत्पादनजन्य जुन वस्तुहरु छन् त्यसबाट सूर्यलाई अर्घ दिने पर्व हो । यसमा खासगरी नदी, तलाउहरुमा गएर जल र सूर्यबीचमा जुन सम्बन्ध छ । त्यसलाई वैज्ञानिक ढंगले मानिसको जीवन स्वस्थ हिसावले बाँच्ने गरी शुद्धता र आरोग्यताको पर्वको रुपमा हामी बनाउने गर्दछौं । यसमा सबै वर्ग, समुदायले बिनाभेदभाव एकै प्रकारको विधिबाट एकै ठाउँमा रहेर मनाउने गरिन्छ ।
यस पर्वमा उखुदेखि केरासम्म सबै कृषिजन्य पूजा सामाग्री जुटाइन्छ । यसमा धनी, गरीब, छोटा, बडा सबैले एकैप्रकारका सामग्रिले यो पर्व मनाउछन् । यसले जुनसुकै वर्ग र सम्ुदायको भए पनि सबै समान भएको साजिमक सद्भाव दर्साउँछ । हामी पहिलो दिन अस्ताइरहेको सूर्यलाई अर्घ दिन्छौं । हाम्रो हिन्दू पूर्वीय दर्शनले के भन्छ भने हाम्रो बिग्रिएको बितेको अस्ताएको कुरालाई उजागर गर्दछ । यसले हामीले जति गल्ती गरेका र्छौ त्यो पापबाट मुक्ति पाउनका लागि पनि यो पूजा गर्दछौं । यसले कतै हाम्रो शक्ति क्षिण भएको छ भने पनि शक्ति प्राप्त गर्नका लागि गरिएको हो । सूर्यनारायणको पूजाले नारीको पनि सम्मान गरेको पाइन्छ ।
दुई वर्ष बितिसक्दा पनि तपाईंहरुले विकास त गर्न सक्नुभएन नि ?
सबै क्षेत्रबाट असन्तुष्टि छैन । विकास भन्ने कुरा एकै दिन हुने होइन, हुने प्रक्रिया अगाडि बढेको छ कि छैन, त्यो महत्वपूर्ण कुरा हो । चिन्ता गर्नु स्वभाविक कुरा हो, हामी पनि चिन्तित छौं । जनताले प्रदेश सरकारसँग बढी नै अपेक्षा गरेका थिए, त्यसको सम्मान पनि गर्दछु । आफ्नो घरनजिक आपूmले छुनसक्ने सरकार बनेको छ । तर, हामीले प्रारम्भ गरेका कार्यहरु विकसँग केन्द्रित छन् । आत्तिहाल्नुपर्ने अवस्था अहिले छैन । अहिलेसम्म २०७५/७६ को एउटा बजेट पूरा गरेका छौं । २०७६/७७ को बजेट अहिले अख्तियारी पनि दिन नसकेको अवस्था छ । भन्नलाई हामीले दुई वर्ष भनेका छौं, चुनाव भएको दुई, तीन महिनापछि सरकार बनेको छ । त्यसमा केही दिन त केही गर्न अलमल पनि भएको हो । विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो भइरहन्छ । कानुन निर्माण विकास निर्माणका काममा सरकार कठिबद्ध भएर अगाडि बढिरहेको छ ।
राजपाका नेताहरुले त सरकारबाट बाहिरिनुपर्छ भन्नुभएको तपाईं के भन्नुहुन्छ ?
लोकतान्त्रिक व्यवस्थामा पार्टी सर्वेसर्वा हुन्छ । त्यसकारण पार्टीले जे निर्णय गर्छ, त्यसमा सबैले आत्मसात गर्नुपर्छ । तर, पार्टीलाई पनि हामीले भनिरहेका छौं, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन । दुईतिहाइको दम्भ बोकेको केपी ओलीको सरकारले केन्द्रमा एउटा सिन्को भाँच्न सकिरहेको छैन । १२- १५ किमीको बाटो कुलेखानीदेखि फर्पिङसम्मको बाटोसमेत बन्न सकेको छैन । जति साधनस्रोत छ, मेरै मन्त्रालयमा भनेजति साधन स्रोत छैन । यस्ता समस्या राखेर रुन खोजेको होइन । तर, मैले यहाँ के भन्नखोजेको भने हामीले जेजति सुविधा, साधन र स्रोत उपलब्ध छन् तिनको अनुपातमा काम गरेका छौं । सन्तुष्टि र असन्तुष्टिका कुनै सिमा छैनन् । सरकारमा बस्ने, नबस्ने अधिकार पार्टीमा निहीत छ ।
पार्टिले जुन बेला जे निर्णय गर्दछ त्यसलाई हामी अवलम्बन गर्दछौं । चाहे अनिल झाजीले राखेको कुरा होस् वा अन्यले राखेको कुरा होस् त्यस मानेमा म सहमत छु । समाजवादी पार्टीको सरकारमा राष्ट्रिय जनता पार्टी समाहित भएको सरकार होइन, संयुक्त सरकार हो । त्यसैले संयुक्त सरकारको संस्कृति र संस्कार अनुरुप अगाडि बढ्नुपर्छ । यसमा कुनै दुईमत छैन, यस मानेमा हामी बसेर छलफल बहस गर्नेछौं ।

File Photo



प्रतिक्रिया दिनुहोस्