Logo

रवीन्द्रको विरासत विद्यालाई, कास्की २ मा नेकपा उम्मेदवार बनाउने निर्णय



काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले कास्की २ मा पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा सचिवालय बैठकले शनिबार विद्याको नाम टुंगो लगाएको हो ।

कास्की जिल्ला कमिटिले विद्याको नाम सिफारिश गरेपनि अन्य आकांक्षीमध्येका सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम केन्द्रले पठाएपछि प्रतिष्पर्धा भएको थियो । तर, गत वर्षको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएका रवीन्द्रको ठाउँमा उनकै पत्नीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

विद्याको नाम टुंगो लगाएपनि औपचारिक जानकारी भोलि गराइने बुझिएको छ । विद्या विगतमा अनेरास्ववियूको राजनीतिमा सक्रिय थिइन् । उनी अखिलको सचिव समेत भएकी थिइन् । राजनीतिबाट टाढिएर प्राध्यापनमा छिन् । अब उनी पुनः राजनीतिमा आउने अवस्था बनेको छ ।

यसैगरी आसन्न उपचुनावका लागि स्थानीय निकाय तथा प्रदेशको खाली सिटहरुको नामबारे समेत नेकपा सचिवालय बैठकमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

File Photo



प्रतिक्रिया दिनुहोस्