Logo

प्रधानमन्त्री ओलीले भने : मिर्गौलाले दुःख दियो, सिकिस्त विरामी छैन’



काठमाडौं १७ कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

सत्तारुढ नेकपाको शनिबार बसेको सचिबालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै प्रचारमा आएजस्तो आफू सिकिस्त विरामी नभएको स्पष्ट पारेका हुन ।

१२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको बुधबार र विहीबार आकस्मिक रुपमा ग्रान्डी अस्पतालमा डायलासिस गरिएको थियो ।

‘मिर्गौलाले दुःख दियो’, ओलीले बैठकमा ब्रिफिङ गरेका थिए, ‘केही रिर्पोट आउन बाँकी छ । सबै रिपोर्ट आएपछि डाक्टरले थप निर्णय गर्नुहुनेछ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्