Logo

तेस्रो पटक डायलासिस गराउन प्रधानमन्त्री अस्पतालमा



काठमाडौं,कार्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली तेस्रो पटक डायलासिस गर्न अस्पताल पुगेका हुन ।

ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार सातामा तीन चोटी डायलासिस गर्नु पर्ने भएकाले उनी अस्पताल पुगेका हुन । आज फेरी अस्पताल जानुपर्ने भएपछि विहान बोलायको सचिवालयको बैठक पनि स्थिगित भएको छ ।

बिहान ११ बजेलाई डाकिएको बैठक अपरान्ह बस्ने गरि सारिएको छ । प्रधानमन्त्रीले नियमित डायलोसिस गर्नुपर्ने देखिएपछि बालुवाटार भित्रै उक्त सुविधासहितको मेडिकल रुम बनाउने विषयमा छलफल जारी नै छ ।प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्