Logo

“कृ” नायिका अदिती भारतीय र्‍यापरसँग रमाउँदै



चलचित्र “कृ” बाट अभिनयमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकीको प्रेम सम्बन्धबारे चर्चा चलेको छ । अहिले उनी र भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा डुबेकी छिन् । उनले इन्स्टाग्राममा तस्विरहरु पोष्ट गरेर आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गरिएको प्रेमी मोरानीसँगको तस्विरमा उनले लभको इमोजी राखेर “गुड टाइम्स्” भनेकी छिन् । उनीहरु तस्विरमा निकै रोमान्टिक देखिएका छन् । इन्स्टाग्राममार्फत् उनले आफ्नो प्रशंसकको बधाई पाएकी छिन् ।

View this post on Instagram

Good times ❤️ @aymoway

A post shared by Aditi B (@aditi_budhathoki) on

उनी बलिउडमा प्रवेश गर्नका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर मोडलिङ गर्दै आइरहेकी छिन् । “कृ” रिलिज भए लगत्तै उनी मुम्बई हानिएकी थिइन् । बलिउडमा प्रवेश गर्न संघर्ष गरिरहेकी उनी केही समय अगाडि इन्डियन–अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओबरोयसँग देखिन लागेको चर्चा चलेको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन ।

गतवर्ष र्‍यापर अलिमले “लेट मि लाइभ” नामक पहिलो र्‍यापर गीत सार्वजनिक गरेका थिए । उनको यो गीतलाई यूट्युबमा निकै मन पराइएको छ । इन्स्टाग्राममा र्‍यापर, सङ राईटर र ड्रीमरको रुपमा आफूलाई चिनाएका अलिमले अहिलेसम्म अदितीसँगको तस्विर भने सामाजिक सञ्जालमा साझेदार गरेका छैनन् । अदितीले भने प्रेमीलाई इन्स्टामा मेन्सन गरेकी छन् ।Photo Source: Aditi Budhathoki Instagram



प्रतिक्रिया दिनुहोस्