Logo

प्रदेशको आयआर्जन प्रदेशमै खर्च हुनुपर्छ- महेन्द्र राय यादव, शिर्ष नेता, राजपा



काठमाडौं, १७ कात्तिक । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महेन्द्रराय यादव छठ सम्पन्न भएपछि पार्टी कडा रुपमा प्रस्तुत हुने बताइरहेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

मधेसमा छठपर्व कसरी मनाउनुभयो ?
छठपर्व मधेसमा मात्र नभएर नेपालैभरि हसोल्लासका साथ मनाउने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई म र मेरो पार्टीको तर्पmबाट हार्दिक वधाइ तथा शुभकामना दिन चाहन्छु । यो छठपर्वले सम्पूर्ण नेपाली जनतामाझ भेदभावरहित आपसी सद्भाव र समाजिक न्यायको आधारमा जोडेको छ । यो विसुद्ध प्राकृतिक पूजा हो । त्यसकारण यसले मुलुकमा शान्ति, समृद्धि र सद्भाव कायम गर्दछ भन्ने हाम्रो विश्वास छ । यही सन्देशसहित शुभकामना सबै घाटघाटमा गएर दिइरहेको छु ।
भ्रष्टाचाररहित सुशासन नभएर त्यहाँका जनता आक्रन्त भइरहेका छन्, तपाईंहरु के हेरेर बस्नुभएको छ ?
प्रदेश नम्बर २ को सरकारले नियम, कानुनको परिधिभित्र रहेर आफ्नो काम गरिरहेको छ । तर पनि अहिले जनअपेक्षा बढी छ । बेथिति, विसंगतिको नियन्त्रण र सन्तुलन गर्नुपर्ने छ । देशमा नियम कानुन छ, त्यसको परिधिभित्र रहेर अनियमितता गर्ने दोषीमाथि कारबाही गर्नुपर्छ । त्यसको लागि सरकारले आफ्नो प्रक्रियाहरु अगाडि बढाइरहेको छ । जनताले पनि आफ्नो ठाउँबाट आवाजहरु बुलन्द गरिरहेका छन् । यी सबै समस्या राष्ट्रिय हुन् ।
जसरी बजेटको प्रभावकारिता देखिएको छैन । असारे बजेटले यस्तो समस्या देखिएको हो । त्यसको लागि जेठ मसान्तभित्र सबै ठाउँमा बजेट बन्द गर्नुपर्छ । भ्रष्टाचारको सबैभन्दा ठूलो जड भनेको निर्वाचन प्रणाली हो । त्यसकारण देश जबसम्म समानुपातिक निर्वाचन प्रणाली आउँदैन तबसम्म कुनै पनि विकृतिको नियन्त्रण गर्न सकिँदैन । हाम्रो मुलुकमा निर्वाचन प्रणालीनै त्रुटीपूर्ण छ । यसलाई सच्याउन जरुरी छ ।
क्यानडामा पनि संघीयता छ, यहाँ त व्यापक विकास भएको छ, तपाईंहरुले संघीयता ल्याएर विकास नभइ विनाश निम्त्याउनुभयो नि ?
संघीयता भनेको विकासको सवल पक्ष हो । संघीयता विकृति, विसंगति गर्नको लागि होइन । यसको लागि कडा कानुन बनेको छ । यसमार्पmत् विकृति र विसंगतिको सन्तुलन र नियन्त्रण गर्नुपर्छ । हामीले पहिला नै भनेका थियौं, ‘स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउनुपर्छ’ भनेर तर त्यो हुन सकेन । संघीयता भनेको केन्द्रिकृत हो, त्यसकारण यहाँको आयआर्जन यहीको विकासको लागि हुनुपर्छ । केन्द्रीय सरकारले सबैतिर हात पैmलाएकाले अनियमितता भएको हो । त्यसको नियन्त्रण गर्न कानुनी राज्यको अनुभूति सरकारले दिन सक्नुपथ्र्यो, त्यसको अनुभूति जनताले गर्न पाइरहेका छैनन् । केन्द्रको सरकारमा व्यथितिनै व्यथिति छ । केन्द्रीय सरकार असफलतातिर गइरहेको छ भने त्यसको असर त देशैभरि पर्छ नि ।
नेपाल संघीयता अभिसाप भइसक्यो, त्यसबाट ब्याक हुन सक्नुहुन्न ?
अहिले पनि जनताले संघीयतालाई कानुन बनाएर बलियो बनाउनुपर्छ भनिरहेका छन् । त्यसकारण देश विकास गर्नको लागि संघीयता चाहिन्छ, यसलाई अझ बलियो बनाउने हो । संघीयतासहितको लोकतान्त्रिक संविधान जनताले २००७ सालदेखि लडेर ल्याएको हो । त्यसलाई बलियो बनाउन संविधान संसोधनको आवश्यकता छ । जबसम्म सबै तहतप्का, वर्ग, समुदाय र भूगोलमा बसोबास गर्ने नागरिकले संविधानमा आफ्नो अधिकार सुनिश्चित भएको अनुभूति गर्दैनन्, तबसम्म कार्यान्वयन हुन गाह्रो हुन्छ । अहिले मुलुकमा दुईतिहाईको सरकार छ तर स्थिरता छैन, यत्रो बहुमतको सरकारमा किन स्थिरता भएन ? नेपाली जनताले हिजो आन्दोलन गरेर ल्याएको सरकारबाट सुशासनसहितको स्थिरता चाहेका छन् । त्यसकारण संविधानमा भएका त्रुटिहरु सच्याउनुपर्छ । देशविकासको लागि सबै राजनीति पार्टीहरु मिलेर लाग्नुपर्छ । तर, यहाँ सत्ता र प्रतिपक्षको बीचमा खिचातानी भइरहेको छ ।
यो व्यवस्था ल्याउन आन्दोलन भयो, त्यसको जनताले के प्रतिफल पाए ?
ठूलो अपेक्षासहित हिजो आन्दोलन भएको छ । त्यसकारण हामीले भएको साधन, स्रोतको उपयोग गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्छ । त्यो भयो भनेमात्र देश विकासमा अगाडि बढ्छ । हाम्रा दुई छिमेकी देशहरुमा किन विकास भयो भन्दा त्यहाँ राजनीतिक स्थिरता भयो । नेपालमा अहिले पनि राजनीतिक स्थिरता छैन, विभिन्न नाममा द्वन्द्वहरु भइरहेका छन् । माओवादी आन्दोलनको अहिले पनि सत्यनिरुपण भएको छैन । अर्को सशस्त्र जस्तै द्वन्द्व खडा भइराखेको छ । अर्कोतिर जनतामा असन्तुष्टि बढिरहेको छ । त्यसको न्यूनिकरणको लागि सबै पार्टीहरु मिलेर अगाडि बढ्नुपर्छ । प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ । ं२०७६ को छठपर्वले राजनीतिक पार्टीहरुमा नयाँ विचार र सोचको विकास गरोस् । जसको कारण ‘समृद्धि नेपाल, सुखी नेपाली’ सहितको समृद्धिमा देशले पाइला टेकोस् ।

File Photo



प्रतिक्रिया दिनुहोस्