Logo

अभिनेत्री ऋचा विवाह बन्धनमा बाधिँदै



अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा यो वर्ष दुलही बन्ने भएकी छिन् । विगत एक दशकदेखि नेपाली चलचित्रमा सक्रिय ऋचाले लामो समयको दिपेक्ष्य राणासँगको प्रेमलाई आउँदो मंसिरमा विवाहमा परिणत गर्न लागेकी हुन् । उनका प्रेमी दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । विवाहको मिति भने अझै सार्वजनिक गरिएको छैन ।

ऋचाले पोखरामा आफ्नो नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी छिन् । पार्टीमा अभिनेत्री द्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत उपस्थित थिए । प्रियंका, केकी र ऋचा तीनै जना सेतो पहिरनमा देखा परेका छन् । दुलहीझैं सिंगारिएकी ऋचा निकै खुसी देखिएकी छिन् । ऋचाले अहिलेसम्म आफ्नो प्रेमीलाई सार्वजनिक गराएकी छैनन् । उनीहरुलाई एकसाथ कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएको छैन ।

ऋचा अहिले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यो सोमा उनी निर्णायकको भूमिकामा छिन् । ऋचाले ‘भिसा गर्ल’, ‘आधा लभ’, ‘सुनकेसरी’ चलचित्रको निर्माण गरिसकेकी छिन् । एक दशक लामो चलचित्र करिअरमा हिटभन्दा फ्लप चलचित्र बढी दिएकी उनको पछिल्लो रिलिज चलचित्र ‘न यता न उता’ हो भने चाँडै उनी चलचित्र ‘हिजो आजको कुरा’ नामक फिल्ममा व्यस्त हुँदैछन् ।Photo Source: Reecha Sharma Facebook/Filmykhabar



प्रतिक्रिया दिनुहोस्