Logo

मन्त्रिपरिषद बैठक सम्पन्न, अब सचिवालय



काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद बैठक बसेको हो । प्रधानमन्त्री ओलीको उपस्थितिमा बैठक बसेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा अर्यालले जानकारी दिईन् । मन्त्रिपरिषद बैठक लगत्तै अब नेकपाको सचिवालय बैठक बस्ने तयारी भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेद्धवार तय गर्नको लागि सचिवालय बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली टिचिङ अस्पताल पुगेर एक्सरे गरेका थिए । त्यसपछि लगत्तै बालुवाटार आएर मन्त्रिपरिषद बैठकमा सहभागी भएका थिए । ओलीको मृगौलामा समस्या देखापरेपछि ग्राण्डी अस्पतालमा पुगेर दुई पटक हेमोडायलासिस गराइसकेका छन् ।

आज वा भोलिभित्रै उनी तेस्रो पटक डायलासिसको लागि पूनः ग्राण्डी जाने तयारीमा रहेको उच्च स्रोतको दाबी छ । हिजो (शनिबार) बसेको नेकपा सचिवालय बैठकमा समेत ओलीले आफ्नो स्वास्थ्यवारे नेताहरुलाई जानकारी गराएका थिए । उनले मृगौलामा छिटो छिटो समस्या देखा परेकाले अब नियमित डायलासिस वा पूनः प्रत्यारोपण गर्नुपर्ने विकल्प रहेको सुनाएका थिए । File Photo/Mukunda Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्