Logo

सिमेन्ट कारखानामा मजदूरको मृत्यु



दाङ, १७ कात्तिक  : घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एक मजदूरको खसेर मृत्यु भएको छ ।दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तर प्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेल सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते भएकामा उपचारका क्रममा आज उनको मृत्यु हो ।

शनिबार बेलुका साढे ८ बजे खसेर घाइते भएका पटेललाई उपचारका लागि कोहपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतकको शव उक्त अस्पतालकै शवगृहमा राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्