Logo

सुनकोशी नदीमा बस खस्यो, धेरै हताहती



काठमाडौं, १७ कात्तिक । सुनकोशी नदीमा बस खस्दा ठूलो मानवीय क्षति भएको छ । आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकस्थित सुकुटेको सडकबाट सुनकोशी नदीमा खसेको थियो ।

घटनाबारे जानकारी दिदै नेकपा सिन्धुपाल्चोक सह इन्चार्ज अनन्दप्रकाश श्रेष्ठले निकै मानवीय क्षति पुगेको जानकारी दिए । सडकबाट एक सय मिटर तल बा २ ख ७२४५ नम्बरको बस भिरबाट गुल्टिदा केही यात्रुले फाल हालेर ज्यान जोगाएका थिए ।

घटनास्थलमा बस नदीमा उत्तानो परेको अवस्थामा छ । नदीको पानी निकै चीसो र वेग रहेकाले केही यात्रु हराइरहेको हुनसक्ने भन्दै खोजी भइरहेको छ ।


घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्दार गरिरहेको छ । बसभित्रबाट केही शव निकालिएको छ । घटनाको कारण अहिलेसम्म थाहा भएको छैन ।

तस्बिर स्रोतः अनन्तप्रकाश श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्

Screenshot