Logo

करिनालाई छोराको पेन्टिङ्ग उपहार



अभिनेत्री करिना कपूर खानलाई अस्ट्रेलियन फ्यानहरुले उनको छोराको पेन्टिङ्ग उपहार दिएका छन् । सिड्नीको एउटा कार्यक्रममा करिनालाई छोरा तैमूर अली खानको पेन्टिङ्ग दिइएको हो । तैमूरको चित्र कोरिएको तस्विर करिनालाई दिएका छन् । सानै उमेरमा तैमूरको फ्यानहरु धेरै देखिएको छ । अन्तरराष्ट्रिय कार्यक्रममा देखिएको उसको यो क्रेजले तैमूर विश्वभर नै प्रख्यात देखिन्छन् ।

कार्यक्रममा अभिनेत्री करिनालाई बोलाएर उक्त पेन्टिङ्ग दिइयो । अभिनेत्री करिनाले निकै खुसी हुँदै उनीहरुसँग तस्विर पनि खिचाएकी छिन् । यस कार्यक्रमको लागि करिना चमकदार चिमरी नम्बरको पोशाकमा थिइन् । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपूरको छोरा हुन् । यस कार्यक्रममा सहभागि हुन अभिनेत्री करिनाले छोरालाई बाबु सैफसँग डिल्लीमै छोडेकी थिइन् ।Photo Source: Timesofindia



प्रतिक्रिया दिनुहोस्