Logo

हरर फिल्म गर्दै दिपिका



बलिउड अभिनेत्री दिपिका पादुकोणले हरर फिल्म साइन गरेकी छिन् । पहिलो पटक उनले हरर फिल्ममा काम गर्न लागेकी हुन् । उनले अभिनेत्री अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म “अरुन्धती” को हिन्दी रिमेक गर्न लागेकी छिन् ।

कालो जादु र तन्त्र मन्त्रको दुनियाँमा पाइला राखेकी मुख्य पात्रको रुपमा अनुष्का यस फिल्ममा प्रस्तुत भएकी थिइन भने अब दिपिकालाई त्यही रुपमा देख्न पाइन्छ । फिल्मले हिन्दी रिमेकको राइट्स खरिद गरिसकेको छ । दिपिकाले हालैमा आफूले चाँडै कुनै डार्क रोमान्टिक फिल्म गर्न लागेको बताएकी थिइन् । उनी चाँडै श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा फिल्म ‘८३’ मा देखिँदैछिन् ।

गतवर्ष मात्र दिपिकाले विवादित तर ब्लकबस्टर फिल्म ‘पद्मावत’ मा गरेकी थिइन् । यो फिल्मपछि उनले कुनै फिल्म साइन गरिनन् । अभिनेता रणवीरसँग वैवाहिक बन्धनमा बाँधिइन् । विवाहपछि उनले घोषण गरेको फिल्म ‘छपाक’ को छायांकन भ्याइसकेकी छन् । यो फिल्मपछि उनले महाभारत को घोषणा गरेकी थिइन् तर अब उनी “अरुन्धती” को छायांकनमा व्यस्त हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्