Logo

सोसल मिडियालाई हावादारी भन्दै दाहालको प्रश्न : कसले किन राजीनामा गर्ने ? ओलीको विकल्प को ?



काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका पत्रकार प्रमोद दाहालले सोसल मिडियालाई हावादारीको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री ओलीले किन राजीनामा गर्ने ? भन्दै प्रश्नसमेत तेर्साएका छन् । उनले फेशबुकमा यस्तो भनेका छन्,‘हावादारी सोसल मेडिया र हामी कथित ! कसले किन राजीनामा गर्ने ? केपी ओलीले ? किन ? उहाँले नै हो राष्ट्र सम्हाल्ने ! बिकल्प को ?’

त्यतिमात्रै होईन, दाहालले यसअघि फेशबुकमा अर्को पनि स्टाटस लेखेका छन् । उनले भनेका छन्,‘सम्माननीय प्रमको आज कुनै डायलसिस भएको छैन । उहाँ आज टिचिङ हस्पिटल जानू भएर स्वास्थ्य परिक्षण गर्नु भएको हो । फोक्सोमा पानी नजमेको पाइएपछी डायलसिस गर्नु परेन । आजै प्रम मीटीङ्हरुमा ब्यस्त १’



प्रतिक्रिया दिनुहोस्