Logo

बस खसेको दुई मिनेटमै रिभर गाइडहरु पुगेर यसरी जोगाए यात्रुको ज्यान (भिडियो र मृतकको सूचीसहित)



सिन्धुपाल्चोक, १८ कात्तिक । सुकुटे नजिकै सुनकोशीमा बस खसेको रिभर गाइडहरुले तत्काल थाहापाए । रयाफटिङमा चढेर घटनास्थलमा पुगिहाले । बस नजिकै एउटा रयाफटिङ राखेर पुलको काम गरे । अर्को र्याफटिङ बस तल राखेर यात्रु झिक्न थाले ।

रयाफटिङमा डोरी राखेर रुखमा बाँधियो । त्यसपछि यात्रुहरुलाई बसको झ्यालबाट निकाल्न थालियो । उत्तानो परेको बसभित्र यात्रुहरु रोइकराई गरिरहेका थिए । दुई मिनेटभित्र रिभरगाइडहरु नपुगेको भए अझ बढीको ज्यान जान्थ्यो ।

हालसम्म तीन महिनाको शिशुसहित १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये आठजना एकै गाउँका छन् । रिभर गाइडहरु बेलैमा पुगेर धेरैको ज्यान जोगाए । उत्तानो परेको बसमाथि यात्रु चिच्याउँदै थिए । बसलाई भेलले तान्दै थियो । तत्काल यात्रु निकालेर जोगाइयो । बसलाई स्काभेटरले तानियो ।

आइतबार सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशीमा बस खसेको थियो । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ को यात्रुबाहक बस खस्नुमा तिव्र गति मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । तिव्र गतिको बसले गति कम नगरी मोटरसाइकललाई साइड दिएर अगाडि बढ्न खोज्दा अनियन्त्रित भई खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । बसमा झण्डै ७० यात्रु थिए । चाडपर्व मानेर घर फर्किएकाहरु भएकाले पनि बसमा यात्रुको चाप थियो ।

मृतक
चमेली श्रेष्ठ, रञ्जिता केसी बस्नेत, रोशन तामाङ, रत्नकुमारी साउत, किरण राउत, कविता राउत, सलिना तामाङ, चेतकुमारी बस्नेत, साया श्रेष्ठ, निखिल खड्का, दिलमाया, निर्मला खड्का, सलिना तामाङ, उरमाया तामाङ, तीन बालकहरुको सनाखत हुन बाँकी



प्रतिक्रिया दिनुहोस्