Logo

कलंकी– चाबहिल सडकः ८ लेनको बनाउन तयारी



काठमाडौं, कार्तिक १८ । चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि सडक विभागले पूर्वतयारी सुरु गरेको छ ।

उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो ।

चीनको सांघाइ कन्स्ट्रक्न ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्