Logo

भृकुटीमण्डपका सटर घुस खाएर किनबेच



काठमाडौं, कार्तिक १८ । समाज कल्याण परिषद्सँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रूपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ।

राष्ट्रिय सतर्कता केन्द्रको छानबिन टोलीले भृकुटीमण्डपमा गरेको स्थलगत अध्ययनमा त्यहाँभित्र रहेका केही पसलधनीले सस्तोमा सटर लिइ दोस्रो, तेस्रो व्यक्तिलाई बढी मूल्यमा पसल सञ्चालन गर्न दिने गरेको भेटिएको हो।

भृकुटीमण्डपभित्र रहेका सटरमा पसल राख्न व्यापारीले परिषद्कै कर्मचारीको मिलेमतोमा घुस लिएर खरिद–बिक्री गर्ने गरेको खुलेको हो। सतर्कता केन्द्रले स्थलगत अध्ययनपछि देखिएको बेथिति समेट्दै प्रतिवेदनसमेत सार्वजनिक गरेको छ।

चना–चटपटे, पानीपुरी बेच्ने ठाउँसमेतमा सटर राख्न परिषद्का कर्मचारीहरूको मिलेमतोमा घुस लिएर महँगोमा दिने गरिएको भेटिएको हो।

भृकुटीमण्डभित्र सटर तथा पसलहरू भाडामा लगाउन तथा चना–चटपटे, पानीपुरी बिक्री गर्ने ठाउँ किनबेच गर्न भृकुटीमण्डप सञ्चालन कार्यालयकै कर्मचारीहरूले घुस खाने गरेको पाइएको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्