Logo

तीन किलोग्राम चरेससहित नियन्त्रणमा



काठमाडौँ, १८ कात्तिक : नेपाल प्रहरीले तीन किलो १२ ग्राम चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति नियन्त्रणमा लिएको हो ।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot