Logo

विवाह गर्दैछिन् काजल



दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री काजल अग्रवाल विवाह गर्दैछिन् । अभिनेत्री काजलले आमा–बुबाले रोजेको युवकसँग विवाह गर्न लागेकी हुन् । उनले हालै एक अन्तरवार्तामा आफूले अरेन्ज म्यारिज गर्न लागेको कुरा खुलाएकी छिन् । लामो समयदेखि उनको विवाहबारे विभिन्न चर्चा परिचर्चा हुँदै आएपनि उनले फिल्म इन्डिष्ट्रिका कोही पनि व्यक्तिसँग विवाह गर्ने मुडमा नभएको जनाएकी थिइन् ।

सन् २००४ बाट बलिउड अभिनयमा डेब्यू गरेकी उनको पहिलो तेलुगू फिल्म लक्ष्मी कल्याणम २००७ मा रिलिज भएको थियो । सिंघमबाट अजय देवगनसँग बलिउड फिल्ममा कमब्याक गरेकी काजलको बलिउडमा पनि धेरै फ्यान फलोवरहरु छन् । काजल २०२० मा वैवाहिक सम्बन्धमा बाँधिन लागेकी छिन् । उनको विवाह एक व्यापारीसँग हुन लागेको जनाइएको छ ।

साउथका करिब सबै नायकसँग काम गरिसकेकी काजलको कुनै अभिनेतासँग गम्भीर अफेयर चलेन । उनले पहिलो फिल्मी क्षेत्रभन्दा बहिरको एक व्यक्तिसँग अफेयरमा भएको तर पछि कामको व्यस्तताको कारण टाढिएको जनाएकी थिइन् । त्यसपछि भने उनको कोहीसँग अफेयर चलेन ।



प्रतिक्रिया दिनुहोस्