Logo

रेगिस्तानमाथि मल्लिका



बलिउड अभिनेत्री मल्लिका शेरावतले आफ्नो बोल्ड तस्विर सार्वजनिक गरेकी छिन् । उनले बिहानीपखको बालुवामाथि आफ्नो बिकिनी पहिरनको तस्विर ट्वीटरमा ट्वीट गरेकी हुन् । मल्लिकाले बिहानको सूर्य उदयको समयमा उक्त तस्विर खिचाएकी छिन् । उनले बिकिनीसँगै खैरो रङ्गको टि–सर्ट पनि लगाएकी छिन् ।

पछिल्लो समय मल्लिका बलिउड छोडेर हलिउड फिल्म दुनियाँमा नै व्यस्त छिन् । उनी पनि बलिउडबाट हलिउडमा जाने अभिनेत्री मध्ये एक हुन् । फिल्म “पोल्टिक्स् अफ लव” बाट हलिउड फिल्म क्षेत्रमा डेब्यू गरेकी मल्लिका केही समयदेखि हलिउड फिल्मी क्षेत्रमा देखा परेकी छिन् । उनी अहिले अमेरिकामा बस्दै आएकी छिन् ।Photo Source: Mallika Sherawat Twitter



प्रतिक्रिया दिनुहोस्