Logo

यसरी बन्छ हीरा



हीरा विश्वकै मूल्यवान रत्न मध्येको हो । रासायनिक र क्रिस्टलको संरचनाले हिरालाई महत्वपूर्ण रत्न बनाउन मद्दत गर्छ ।
हीरा त्यस्तो तत्व हो जुन एकल तत्वले निर्माण हुन्छ । यसलाई काट्न अन्य धातुले सक्दैन । हीरालाई हीराले मात्र काट्न सकिन्छ ।

हीरा ९९.५ प्रतिशत कार्बनले बनेको हुन्छ । यसमा ०.५ प्रतिशत अन्य धातु मिश्रित हुन्छ । हीरा कोइलाबाट बन्छ । अन्य धातुहरुले हिराको रंग र आकार बनाउन मदत पुर्याउछ । खनिजको रूपहरूले हिराको पहिचान निर्धारण गर्न मद्दत गर्दछ ।

हीरा निर्माण हुने प्रक्रिया निकै लामो र कठिन हुन्छ। यसका लागि अत्यधिक तापमान र उच्च दबाव अनिवार्य रुपमा चाहिन्छ । हीरा पृथ्वी भन्दा करिब सय माइल गहिराईमा अवस्थित हुनेगर्छ । यसमा रहेको कार्बन परमाणुहरुको आकार हरेक दिशाबाट उस्तै हुने गर्छ ।

खनिज र ग्रेफाइट पनि पूर्ण रुपमा कार्बनबाट निर्मित हुन्छ । तर हीराको निर्माण प्रक्रिया र क्रिस्टल संरचना धेरै फरक हुनेगर्छ जसले हिराको फरक छुट्याउँछ । हिरालाई पनि खनिज मध्ये एकमा गनिन्छ । हिराको रसायनिक संरचना, क्रिस्टल संरचना र गठन प्रक्रियाले अद्भुत बनाउँछ ।

Photo Source : GIA 



प्रतिक्रिया दिनुहोस्