Logo

दिल्लीको प्रदुषणमा प्रियंका



बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोप्रा जोनसले सबैलाई सुरक्षित बस्न अनुरोध गरेकी छिन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा मार्फत आफ्नो एक तस्विर पोष्ट गरेर सुरक्षित बस्ने सूचना दिएकी हुन् । धूलोबाट बच्नको लागि माक्स प्रयोग गरेकी तस्विर उनले पोष्ट गरेकी छिन् । यो तस्विरबाट दिल्लीमा अत्याधिक मात्रामा धूलो बढेको पुष्टि हुन्छ ।

प्रियंकाले दिल्लीको वायु प्रदूषणको कारण काममा जान गाह्रो भएको र यस्तो वातावरणमा बस्न कल्पना पनि गर्न नसक्ने बताएकी छिन् । “हामी एयर प्यूरिफायर र मास्कको साथ पाएर धन्य छौं । घरबारविहीनका लागि प्रार्थना गर्नुहोस् ।” भनेर पनि उनले उल्लेख गरेकी छिन् ।

प्रियंका आफ्नो आगामी प्रोजेक्ट ह्वाइट टाइगरको शूटिंगको लागि दिल्लीमा छिन् । उनले नेटफ्लिक्सको यो प्रोजेक्टको काम शुरु गरिसकेकी छिन् । यो प्रोजेक्टमा राजकुमार राव पनि छन् । वायू प्रदुषणले गर्दा दिल्लीमा सबैलाई गाह्रो भएको देखिन्छ ।

अभिनेत्री प्रियंकाले फिल्म द स्काई इज पिंकबाट बलिउडमा कमब्याक गरेकी हुन् । यो फिल्मभन्दा पहिला उनी हलिउड फिल्म क्षेत्रमा व्यस्त थिइन् । उनले हलिउड गायक निक जोनससँग वैवाहिक सम्बन्ध जोडेकी छिन् ।Photo Source: Priyanka Chopra Instagram



प्रतिक्रिया दिनुहोस्