Logo

नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस, कोको परे हेर्नुहोस्



काठमाण्डौ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको भोलिपल्टै नयाँ प्रदेश प्रमुख तोक्ने प्रक्रिया सुरु भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले नयाँ प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार अमिक शेरचन, सोमनाथ अधिकारी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, शर्मिला त्रिपाठी र विष्णु प्रसाईँको नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्