Logo

केपी ओलीसहित हामी पनि हिंसाको बाटोबाट आएका हौं (भिडियोसहित)-सीपी मैनाली, महासचिव, नेकपा माले



काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले झापा आन्दोलनबाट आएका आफूसहित केपी शर्मा ओलीले विगतमा हिंसाको बाटो लिएको स्वीकार गरेका छन् । आफूहरु हिंसाको बाटोबाट आएपनि विगतको कदमको पश्चात्ताप नगर्ने बताए ।

ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा उनले भने, ‘केपी ओलीलगायत हामी पनि हिंसाको बाटोबाट आएका हौं ।’ उनले विगतमा हिंसाको बाटो लिनु वाध्यता र आवश्यकता थियो भने । उनले भने, ‘बन्दुकको बाटोबाट बल र निरंकुशता चलाइरहेको शक्ति थियो । त्यसको अन्त गर्न हिंसाको बाटो लिनुपर्ने आवश्यकता र वाध्यता थियो ।’

लोकतान्त्रिक समाजवाद मान्ने वीपी कोइरालाले पनि हिंसाको बाटो लिएको स्मरण गराए । विगतमा गरेको हिंसाको पश्चात्ताप गर्नुहुन्छ र आममाफी माग्नुहुन्छ भन्दा उनले भने, ‘झापा आन्दोलनमा के को पश्चात्ताप । वीपी कोइरालाको दलसँग पहिले पश्चात्ताप माग्नुहोस् ।’ राजनीतिक गतिविधि र आपराधिक गतिविधि फरक हुने र आफूहरुको कदम राजनीतिक रहेको जिकिर गरे ।

भिडियो हेर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्