Logo

‘पति पत्नी और वो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अभिनेता कार्तिक आर्यन, अभिनेत्री भुमी पेडनेकर र अनन्या पाण्डे स्टारर फिल्म ‘पति पत्नी और वो’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म १९७८ मा रिलिज भएको अभिनेता सन्जय कुमार, विद्या सिन्ह र रञ्जित कौर अभिनेत फिल्मको रिमेक हो । सार्वजनिक ट्रेलरमा कार्तिकले अनन्यासँग रोमान्स गरेका छन् । फिल्ममा कार्तिकले पतिको भूमिका निर्वाह गरेका छन् भने पत्नीको रोलमा भुमी र वोको भूमिकामा अनन्या देखा परेकी छिन् ।

मुदासार अजीज निर्देशित फिल्ममा पत्नीको चरित्र वर्णन गर्न खोजिएको देखिन्छ । भूमीकालाई फिल्ममा कसैसँग नझुक्निे एक आधुनिक महिलाको रुपमा प्रस्तिुत गर्न खोजिएको छ । कार्तिकलाई दुईवटा केटीहरुकोबीचमा फस्दा गर्नु परेको संघर्षलाई फिल्ममा देखाउन खोजिएको ट्रेलरमा देखिन्छ । फिल्म ६ डिसेम्बरबाट प्रदर्शनमा आउनेछ ।

हेर्नुहोस् ट्रेलरः



प्रतिक्रिया दिनुहोस्