Logo

आलममाथि जन्मकैदको माग गर्दै मुद्दा दायर



काठमाडौं, १८ कात्तिक । रौतहटमा जिउँदै बम विस्फोटका घाईतेहरुलाई जिउँदै ईट्टा भट्टामा जलाएको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई जन्म कैदको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।

आज (सोमबार) जिल्ला अदालत रौतहटले जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो । उनीमाथिको मुद्दाको थुनछेक बहस भने भोलिबाट सुरु हुनेछ । आजपनि आलमलाइृ जिल्ला अदालतमा उपस्थित् गराइएको हो । १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

आलमले कसरी जिउँदै मान्छे जलाए त, प्रत्यक्षदर्शीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्