Logo

इंडिगो एयरलाइनसँग अभिनेत्री सोनाक्षीको गुनासो



अभिनेत्री सोनाक्षी सिन्हाले इंडिगो एयरलाइनसँग गुनासो गरेकी छिन् । उनले आफ्नो ट्वीटर मार्फत एउटा भिडियो ट्वीट गर्दै इंडिगोसँग असन्तुष्टि व्यक्त गरेकी हुन् । भिडियोमा सोनाक्षीले आफ्नो क्षतिग्रस्त सुटकेसलाई देखाएकी छिन् । सुटकेसलाई देखाउँदै सोनाक्षीले व्यंग्यात्मक हिसाबले इंडिगोलाई धन्यवाद दिएकी छिन् ।

सोनाक्षीले इंडिगो एयरलाइनको यात्रा तय गरेकी थिइन् । उनको भनाई अनुसार उनले राम्रो सुटकेस लिएर यात्रा गरेकी थिइन् । तर, यात्रा तय गरेपछि उनले क्षतिग्रस्त सुटकेस पाएकी छिन् ।

सोनाक्षीको ट्वीटको जवाफ दिँदै इंडिगोले माफी मागेको छ । इंडिगोले माफी माग्दै सोनाक्षीसँग त्यस विषयमा कुरा गर्न उचित समयको अनुरोध गर्दै सोनाक्षीको सम्पर्क नम्बर मागेका छन् ।

दुबै पक्षले एक अर्कासँग कुरा गरेपछि इंडिगोले ट्वीटरमा पुनः सोनाक्षीलाई इंडिगो टिमसँग सम्पर्क गरेकोमा धन्यवाद दिँदै झोलाको बारेमा निकै दुःख लागेको भाव प्रकट गरेका छन् । उनीहरुले सोनाक्षीलाई आगामी प्रोजेक्टहरूको शुभकामना दिएर छिट्टै भेट्ने आशा व्यक्त गरेका छन् ।

सोनाक्षी फिल्म दबंगको लागि हैदराबादमा थिइन् । अभिनेत्रीले केही लोकप्रिय ट्याकहरुमा प्रदर्शन गरेकी छिन् । सिन्हा बाहेक यस कार्यक्रममा सुपरस्टार सलमान खान र जैकलिन फर्नाडीजको उपस्थिति रहेको थियो । उनीहरु अहिले फिल्म दबंगको छायांकनमा व्यस्त छन् । यो फिल्म २० डिसेम्बरमा रिलिज हुनेछ ।Photo Source: Sonakshi Sinha Twitter



प्रतिक्रिया दिनुहोस्