Logo

महरालाई थुनामा राख्ने आदेश



काठमाडौं, १८ कात्तिक । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । जर्बजस्ती करणी उद्दोगको अभियोगमा अनुसन्धानका लागि झण्डै एक महिना प्रहरी नियन्त्रणमा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले सोमबार र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जेल चलान भएका हुन् ।

सोमबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको हो । महरामाथि चलेको थुनछेकको बहस सकिएपछि उनलाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो ।

अदालतमा महरामाथि जर्बजस्ती करणी उद्दोगको अभियोग दर्ता भएको थियो । महराले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै बयान दिएका थिए । शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान दिदै उनले आफूमाथि षड्यन्त्र भएको भन्दै अभियोग अस्वीकार गरेका थिए । सोमबार इजलाशमा महरामाथि किटानी जाहेरी दिने रोशनी शाहीसमेत उपस्थित थिइन् । उनले पनि महराको बचाऊ गरिन् । तर, अदालतले महरालाई र्पुपक्षका लागि थुनामा पठायो ।

यसअघि बन्द इजलाशमा महराले घटनामा प्रहरीले जुटाएको भनिएको प्रमाणलाई समेत झुटो भनेका थिए । अभियोगमा कुनै सत्यता नभएको भन्दै किटानी जाहेरी दिने रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको र अभिभावक सरहको भूमिका समेत निभाएको जवाफ दिएका थिए ।

महरामाथि सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगको अभियोगपत्र दर्ता गरेको थियो । बिहिबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध दायर मुद्दापछि थुनछेकको बहस सकिएपछि र्पुपक्षका लागि थुनामा राख्ने फैसला आयो ।

यद्यपि, महरामाथिको कानुनी प्रक्रिया लामो हुने देखिएको छ । उनीमाथि प्रहरीले दायर गरेको अभियोग प्रमाणित भएमा उनी साँढे सात वर्ष जेल जान सक्छन् । जर्बजस्ती करणी उद्दोगमा महरालाई किटानी जाहेरी दिने रोशनी शाहीको उमेर अनुसार पाँच वर्ष कैद सजायको व्यवस्था छ । महरा सार्वजनिक पद धारण गर्दा घटना घटेको भनिएकाले थप सजाय बढ्दा साँढे सात वर्ष पुग्छ । महरा १९ असोजमा पक्राउ परेका हुन् ।

Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्