Logo

भीआइपीका लागि डिल्लीबजार कारागार !



काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि महरा डिल्लीबजार कारागार चलान भएका हुन् ।

महरा पुगेको डिल्लीबजार कारागारमा यसअघि पनि भीआइपी कैदीबन्दी बस्ने गरेका थिए । दुईवटा सेल रहेका कारागारमा पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता समेतले भ्रष्टाचारको मुद्दामा जेल जीवन बिताएका थिए ।

भ्रष्टाचार अभियोग लागेका पूर्व आइजीपीहरुले पनि डिल्लीबजार कारागारमै सजाय कटाएका थिए । सुडान घोटाला काण्डमा परेका पूर्व आइजीपीहरु ओमविक्रम राणा, रमेश चन्द ठकुरीलगायत वरिष्ठ प्रहरी अधिकारहिरु पनि डिल्लीबजारमै बसे ।

कुनैबेला नेपालको व्यवसायिक क्षेत्रमा नाम र दाम कमाएका प्रकाश टिवडेवालले पनि डिल्लीबजार कारागारमै सजाय काटेका थिए ।
गुण्डागर्दीमा पक्राउ परेका दिपक मनाङे, दिनेश अधिकारी चरी देखि कुख्यात अपराधमा पक्राउ परेका राजन लिम्बू पनि डिल्लीबजारमा राखिएका थिए ।
Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्