Logo

गोविन्द केसीलाई विप्लवका छोराको समर्थन



काठमाडौं, १८ कात्तिक । मेडिकल शिक्षामा सुधारको माग गर्दै आन्दोलनमा रहेका नेत्रविक्रम चन्द विप्लवका पुत्र प्रकाश चन्द ठकुरीले प्राध्यापक डा. गोविन्द केसीको आन्दोलन र अनशनमा साथ दिने भएका छन् । उनले मेडिकल माफियामाथि कडा कारबाहीको चेतावनी दिँदै आएका छन् । पछिल्लो समय मेडिकल माफियाविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आन्दोलन चर्काएका चन्दले यो अभियानमा सबैको साथ पाएको पनि बताएका छन्।

केही समय पहिले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग विशेष अन्तवार्ता दिँदै उनले सरकार र मेडिकल माफियाबीच मिलेमतो समेत भएको आरोप लगाएका थिए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत ८ र काठमाडौं विश्वविद्यालय अन्र्तगत १० वटा कलेजमा मेडिकल माफिया हावी भएको बताए । उनले भने, मेडिकल माफियामाथि कारबाही हुनुपर्छ ।

विप्लवका छोरा प्रकाशले गरे मेडिकल माफियाको खुलासा, कारबाही गर्ने चेतावनी (भिडियोसहित)

उनले देशमा मेडिकल शिक्षाका लागि ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थित रहेको बताए । मेडिकल शिक्षामा शुल्क वृद्धिको विरोध पनि गरे । मेडिकल माफियाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । मेडिकल क्षेत्रका विद्यार्थी र कामदार एकजुट भएर संघर्ष गर्ने चेतावनी दिए । मेडिकल क्षेत्रमा शोषण र उत्पीडन व्याप्त भएको उनको भनाई थियो ।

उनी नेतृत्वको चिकित्सा शिक्षा सुधार संघर्ष समितिले अव काठमाण्डौमा संर्घष गर्ने भएको छ । त्यस्तै, डा गोबिन्द केसीको आन्दोलनले उठाएका जायज मागका लागी बिद्यार्थीले पनि संर्घष चकाउने उनको भनाई छ । यता चिकित्सा क्षेत्र सुधार एवं सुशासनको माग गर्दै आएका डा। केसीले सरकारले सम्झौता उल्लंघन गरेको भन्दै सोमबारदेखि डडेल्धुरामा १७ औँ अनशन सुरु गरेका छन् ।

विप्लवपुत्र प्रकाश चन्दले किन डाक्टरको तलबवृद्धि र डाक्टर पढ्नेको शुल्कवृद्धि फिर्ताको माग राखे (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्