Logo

पूर्व सभासद झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै



काठमाडौं, १८ कात्तिक । पूर्व सभासद तथा नेकपाका प्रभावशाली नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय स्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा सफल शल्यक्रियापछि उनको अहिले आईसियुमा उपचार भैरहेको छ ।

नेकपाको राष्ट्रिय युवा संघ,”नेपालका संयोजक रामप्रसाद सापकोटाले आफ्नो फेशबुकमा यस्तो लेखेका छन्, नेकपाका आदरणीय नेता झक्कु सुबेदी को मेजर हार्टअट्याकको अप्रेशन सफल भएको र हाल नर्भिक अस्पतालको आइसियुमा उपचाररत रहेकोले शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” file photo/RCN



प्रतिक्रिया दिनुहोस्