सरकारलाई देउवाको कडा चेतावनी : पेलेर गए प्रतिवाद गर्छौं


काठमाडौं, १८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए। उनले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवाद गर्ने जिकिर गरे ।

भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिए ।

Skip This

Omoda E5 Pro