Logo

क्यानडाबाट एक लाख पर्यटक नेपाल आउने (भिडियोसहित)



काठमाडौं, १८ कात्तिक । क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगानाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनको लागि आफू लागिरहेको बताएका छन् । उनले नेपाल भ्रमणका लागि क्यानडाबाट ठूलो संख्यामा पर्यटकहरु नेपाल आउने दाबी गरेका हुन् । त्यतिमात्रै होईन, उनले क्यानडाका प्रधानमन्त्री जष्टिन पिरे जेम्स ट्रुडोले छिट्टै नेपाल भ्रमण गर्ने स्प्ष्ट पारेका छन् । क्यानडामा रहेका पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै राजदुत ढुंगानाले यस्तो खुलासा गरेका हुन् ।

उनले यो वर्ष नै क्यानडाबाट उच्चस्तरीय भ्रमण हुने भन्दै क्यानडाका प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने सुनाएका थिए । उनले भने,”पर्यटन वर्ष २०२० भित्रै नेपाल र क्यानडाबाट उच्चस्तरीय भ्रमण आदान प्रदान हुन्छ । अहिले परराष्टमन्त्री स्तरमा पनि भ्रमण हुन्छ । प्रधानमन्त्रीस्तरमा पनि भ्रमण हुन्छ ।” नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा भएको साईडलाईन बैठकमा क्यानडाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि उनले जनाए ।

उनले नेपालको भ्रमण वर्षलाई सफल बनाउनको लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए । नेपाल र क्यानडाबीच सुमधुर सम्बन्ध रहेको पनि उनले सुनाए । अहिले नेपाल भ्रमण गर्ने क्यानेडेलीहरुको संख्या बढाउनेगरि कार्यक्रमहरु अघि सारिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्