Logo

बोइङ–७५७ बिक्री प्रक्रिया लम्बियो



काठमाडौं – नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ।

उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझदारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वार्ताका लागि आह्वान गर्ने भएको छ।

पछिल्लो समय निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच बिक्री प्रक्रियाका लागि आवश्यक समन्वय हुन नसक्दा ६ महिनादेखि उक्त कार्य लम्बिदै आएको थियो।

निगमले उक्त विमान खरिद गर्न चाहँने कम्पनीसँग वार्ताका माध्ययमबाट अबको एक साताभित्रै निणर्य लिन सक्ने जनाएको छ। १५ दिनको समयसीमा राखेर खरिदकर्तासँग समन्वय गर्ने तयारी रहेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए।

‘निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि खरिद गर्ने उपयुक्त कम्पनीको टेन्डर नपरेकोले प्रक्रिया लम्बिएको हो,’ उनले भने, ‘अब ढिला नहुने गरी वार्ताका माध्ययमबाट यो कुरा सल्टाउन्छौं।’आजका नागरिक दैनिकमा मिनराज भण्डारीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्