Logo

पुँजीगत लाभकर १० अर्ब



काठमाडौं, कार्तिक १९ । सरकारले गत आर्थिक वर्षमा घर जग्गा कारोबारबाट १० अर्ब रुपैयाँ पुँजीगत लाभकर असुली गरेको छ। विगतमा आवासका लागिमात्र घरजग्गा किनबेच हुँदै आएकामा दशकयता यसले व्यावसायिक रुप लिएपछि सरकारले पुँजीगत लाभकर लिन थालेको थियो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष ०६८र६९ मा लाभकर ३६ करोड रुपैयाँ असुली भएकामा करिब एक दशकपछि नौ अर्ब ६९ करोड उठेको हो। आर्थिक वर्ष ०७४र७५ मा भने यो ६ अर्ब ३६ करोड ५७ लाख असुली भएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्षको वृद्धि ३४ प्रतिशत हो।

विभागले संकलन गरेको तथ्यांक हेर्दा लाभकर हरेक वर्ष बढेको देखिन्छ। आव ०६८र६९ मा ३६ करोड संकलन भएको पुँजीगत लाभकर ०६९र७० मा ३१ करोड, ०७०र७१मा ६४ करोड, ०७१र७२ माएक अर्ब २३ करोड, ०७२र७३ मा दुई अर्ब सात करोड र ०७३र७४ माचार अर्ब ६१ करोड पुग्यो।

अर्को्तिर पुँजीगत लाभकर बढेकाले लामो समय यससँग सम्बन्धित राजस्व छली भएको अनुमान गर्न सकिन्छ। यसलाई नियन्त्रण गर्न र राजस्व असुलीमा प्रभावकारिता ल्याउन सरकारले आर्थिक वर्ष ०७३र७४ देखि अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्दै आएको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्