Logo

स्वस्तिमाको “बुलबुल” साउथको साथमा पेरिस



अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र “बुलबुल” “साउथ एसियन फिल्म फेस्टिभल” को लागि छानिएको छ । यो प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक हो । फ्रान्सको पेरिसमा २८ जनवरीदेखि २ फेब्रुअरीसम्म यो फेस्टिभल हुँदैछ । आयोजकले फिल्मी मुख्य भूमिकामा रहेकी स्वस्तिमालाई फेस्टिभलको लागि विशेष निम्ता पठाएको छ ।

“बुलबुल” ले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय फिल्म अवार्ड हात पारिसकेको छ । निर्देशक विनोद पौडेलले स्वस्तिमा र आफू अवार्डमा सहभागी हुन पेरिस जाने योजना रहेको जनाएका छन् । साउथ अफ्रिकाको ट्युनिसियामा हुने कथाज फिल्म फेस्टिभलको एसियन सेक्सनमा ‘बुलबुल’ले तीन वटा स्क्रिनिङ पाएको छ । यस अघिका संस्करणमा मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन’ पनि छनोट भएका थिए ।



प्रतिक्रिया दिनुहोस्