Logo

क्यानडाका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने पहल-भृगु ढुंगाना ,क्यानडाका लागि नेपाली राजदूत



काठमाडौं, १९ कात्तिक । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल र क्यानडाबीचको सम्बन्ध अझ प्रगाढ बनाउने कदम चालिरहेका छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले क्यानडामा गरेको कुराकानीः

तपाईंं राजदूत भएर क्यानडा आउनुभएको चार महिनामा के के गर्नुभयो ?
म ‘मे’ महिनाको अन्तिम साता नेपाली राजदूतको रुपमा क्यानडा आएको हुँ । यहाँ आएपछि मैंले नेपाल सरकारको नीति तथा कार्यक्रम, संविधान, ऐन, नियम र परराष्ट्र नीतिका हाम्रा मूलभूत सिद्धान्त, मान्यता अनुसार नेपाल र क्यानडाबीचको सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन प्रयासरत छु । यसका लागि क्यानडाका उच्चपदस्थ अधिकारीहरुसँग भेटी नेपाल–क्यानडाबीचको सम्बन्धलाई अझ दरिलो बनाउनेतर्पm प्रयास जारी रहेको छ । खासगरी नेपाल–क्यानडाबीच सम्बध अगाडि बढाउने तीन वटा तरिका छन् ः पहिलो राजनीतिक हिसाब, दोस्रो संघसंस्था वा एकाडेमिक इन्स्टिच्युटहरुबाट अर्को जनस्तरको सम्बन्धलाई अझ बढी सुदृढ तुल्याउने । यो हिसावले अगाडि बढ्न सकियो भने नेपाल र क्यानडाको सम्बन्धमा आगामी दिन झन् गहिरो भएर जान्छ ।
तपाईंको कार्यकालमा हाइलेभलको भिजिट हुनु सक्छ, नेपाल र क्यानडाबीच ?
नेपाल र क्यानडाको सम्बन्धको इतिहास हेर्ने हो भने सन् १९६५ को जनवरीमा कुटनीतिक सम्बन्ध स्थापित भएपछि दुवै देशबीच राम्रो सम्बन्ध विस्तार हुँदै आएको छ । नेपालको विकासमा क्यानडा सरकारको धेरै राम्रो सहयोग छ । नेपालको लागि विकास साझेदार राष्ट्र क्यानडा हो । जब विकास साझेदारको कुरा आउँछ, त्यसमा उच्चतहको राजनीतिक भेटघाट र छलफलको आवश्यकता हुन्छ । नेपाल र क्यानडाका प्रधानमन्त्रीज्यूहरुको बीचमा गत सेप्टेम्बर २४ तरेखको दिन न्यूयोर्कमा उहाँहरुको भेटभयो । त्यो भेटवार्तामा दुई देशबीच जुन सम्बन्ध छ, त्यसको दुवैपक्षबाट रिभ्यु गरियो । त्यसबेला कुन कुन विषयलाई प्राथमिकतामा अगाडि लिएर जान सक्छौं भनेर उहाँहरुको बीचमा छलफल भएको । त्यसअन्तर्गत नेपाल–क्यानडाबीच ‘नेपाल–क्यानडा वाइलाइटर कन्सल्टेसन मेकानिजम’ भन्ने परराष्ट्र मन्त्रालयमा एउटा सम्यन्त्रको गठन भएको छ । त्यसको बैठक २०१८ अक्टोबरमा ओटाओमा सम्पन्न भएको छ । यसको दोस्रो बैठक सन् २०२० मा नेपालमा गर्न छलफल भइरहेको छ । यसले दुई देशबीच जति सहकार्य गर्न सक्छौं, त्यसको प्लाटफर्म तयार गरेर भविष्यमा कुन दिशातिर जाने भन्ने निर्धारण गर्दछ । त्यसले नेपाल र क्यानडा बीचको उच्चपदस्थ राजनीतिक तहमा भ्रमणको आधार बन्छ ।
अहिलेसम्म नेपाल र क्यानडाका प्रधानमन्त्रीहरुको आधिकारिक भ्रमण भएको छैन, तपाईंको कार्यकालमा सम्भव छ ?
औपचारिक भ्रमणको कुरा गर्दा सबभन्दा पहिला भिजिट नेपाल ‘२०२०’ को सन्दर्भलाई जोड्न चाहन्छु । भिजिट नेपाल ‘२०२०’ भनेको नेपालको एउटा राष्ट्रिय अभियान हो । यसमा नेपाल सरकार, व्यापारी र सर्वसधारण जनताको साथ रहेको छ । यसलाई सार्थक बनाउन दुईवटा तरिका अगाडि बढाइएको छ । नेपाली राजदूतावास ओटावाले नेपालको पर्यटन क्षेत्रमा लगानीको वातावरण तयार गर्ने उद्देश्य रहेको छ । अर्को भिजिट नेपाल २०२० सफल बनाउन यहाँका सम्भावित पर्यटन व्यवसायहरुले दुई, तीनवटा विषयमा फोकस गर्नेगरी तयारी अगाडि बढेको छ । तेस्रो यहाँका टुरिष्टहरुलाई भ्रमण किन गर्ने ? नेपालको आकर्षण केमा छ भनेर प्रभावित पार्ने प्रमोसनल एक्टिभिटिजहरु सुरु गरिएको छ । यसको आकर्षणको लागि हाम्रो पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रीको भ्रमण भएको थियो । त्यस अवसरमा टोरनटोमा ‘भिजिट नेपाल २०२०’ प्रमोसन प्रोग्रामको आयोजना गरेका थियौं । त्यसले नेपाल भ्रमण वर्षको ठोस आधारसिला तयार गरेको छ ।
तपाईंले यी कुरा भनिरहँदा क्यानडाका नागरिकले नेपाल भ्रमण गर्ने वातावरण छ ?
राम्रो वातावरण छ । किन भने नेपालको भिजिट वर्षलाई कसरी सफल बनाउने भनेर नेपालका पर्यटन व्यवसायीहरुले विभिन्न किसिमका इन्सेन्टिभहरु पनि दिइरहेका छन् । नेपाल सरकारले पनि त्यसलाई विभिन्न तहबाट प्रमोसन गरिरहेको छ । उहाँहरुबाट पनि कसरी पर्यटकहरुलाई बढीभन्दा बढी सुविधा दिन सकिन्छ भनेर प्रयासहरु भएका छन् । क्यानडाका नागरिकहरुको आयस्तर र जीवनशैली हेर्दा पनि टुरिजमप्रति ठूलो आकर्षण रहेको देखिन्छ । नेपालमा पनि २०१८ आँकडा हेर्दा नेपाल भ्रमण गर्ने टुरिष्टहरुमा क्यानडाको संख्या धेरै देखिन्छ । १८ हजारको हाराहारी क्यानेडियन टुरिष्टले २०१८ मै नेपाल भ्रमण गरिसक्नुभएको छ ।
२०२० मा कति क्यानेडियनले नेपाल भ्रमण गर्लान ?
नेपाल भ्रमण वर्ष २०२० मा ३० हजर हाराहारी क्यानेडियनले नेपाल भ्रमण गर्न सक्छन् ।
त्यसको पूर्वाधार तयार गर्नेभएको छ ?
त्यसको पूर्वाधार तयार कसरी हुँदैछ, भने पहिलो नेपाल सरकारले तयारीका लागि विभिन्न इन्सेन्टिभहरु दिइरहेको छ । दोस्रो यसमा पर्यटन व्यवसायीहरु अत्यन्तै उत्साहित हुनुहुन्छ । नेपाली जनताहरु अत्यन्तै उत्साहित हुनुहुन्छ, क्यानडास्थित नेपाली दूतावासले पनि यहाँका नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रवधनात्मक कार्यक्रमहरु गरिरहेको छ । उहाँ बसोबास एनआरएनएका साथीहरुले पनि सकेसम्म धेरै क्यानेडियन साथीहरुलाई सकेसम्म धेरै नेपाल भ्रमणमा पठाउनुपर्छ भनेर लागिरहनुभएको छ । यी सबै आधारलाई हेर्दा सन् २०२० भ्रमण वर्षमा धेरै क्यानेडियनहरुलाई नेपाल पठाउन सक्छौं ।
क्यानडाका नागरिकहरु नेपाल जान हवाइ समस्या छैन ?
यसमा हामी यसरी नेपालको पर्यटनलाई प्रवद्र्धन गर्न सकौं, मान्छेहरु खोजीखोजी नेपाल जाउन् । त्यसमा क्वालिटीको पर्यटन व्यवसाय गरियो भने धेरै विदेशीहरु नेपाल जान सक्छन्, त्यसमा क्यानेडियन पनि पर्दछन् । अब सोभैm नेपाल–क्यानडा हवाइ सेवा भएको भए अझ राम्रो हुनेथियो । त्यसतर्पm पनि हामी प्रयास गर्दछौं । अहिले कनेक्टिभिटीको ठूलो महत्व रहन्छ । तथापि अहिले जति सम्भावनाहरु छन्, त्यसलाई उपयोग गरेर नेपालको पर्यटन विकासमा लाग्नुपर्ने हुन्छ ।
नेपालमा १० लाखसम्म क्यानेडियन टुरिष्ट भित्र्याउन कति वर्ष लाग्ला ?
क्यानेडियनहरुको ट्रेन हेर्दा पछिल्लो समय नेपाल भ्रमण गर्ने संख्या वृद्धि भएको छ । हामीले २०१६ देखिको आँकडा लिँदा २०१८ सम्ममा राम्रैसँग वृद्धि भएको छ । टुरिजममा क्वालिटीको विकास गर्न सकियो भने हामीले क्यानेडियन मात्रै नभएर संसारका हरेक कुनाबाट पर्यटकहरु नेपाल लान सकिन्छ ।
क्यानेडियन नागरिकको लागि नेपाल सुरक्षित गन्तव्य हो ?
क्यानेडियनको लागि मात्रै होइन, विश्वका कुनै पनि मुलुकबाट भ्रमणमा जान नेपाल सुरक्षित गन्तव्य हो । त्यसमा कुनै प्रकारको समस्या छैन ।
तपाईंले यहाँका उच्चतहका मानिसहरु भेट्दा नेपालप्रति उनीहरुको भनाइ के छ ?
नेपाल र क्यानडाबीच हार्दिक र सुमधर सम्बन्ध छ । कतिपय विषयमा हामी समान धारणा राख्दछौं । जस्तो अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति, मानवअधिकार, लोकतन्त्र र इन्डिपेन्डेन्ट जेडिसियलका विषय र डेमोक्र्याटिक भ्यालुहरुलगायतका विषयमा समान धारणा छ । यो एउटा राम्रो लक्षण पनि हो ।
त्यसोभए नेपाल–क्यानडाबीच औपचारिक रुपमा उच्चपदस्थ भ्रमण हुनसक्छ हो ?
हुन सक्छ । दुई देशबीचमा परराष्ट्र मन्त्री लेभलमा हुनुपर्छ । उच्चलेभलको पनि हुन्छ भन्ने हाम्रो आकांक्षा छ । उच्चतहमा सम्बन्ध होस् भनेर हामी प्रयासरत छौं ।
क्यानडामा नेपालीहरुलाई कुनै समस्या छैन हो ?
कुनै समस्या छैन ।
क्यानडा आउन सितिमिति भीसा लाग्दैन भन्ने गुनासो छ नि ?
नेपालीहरुले आफ्नो क्वालिफिकेसन अनुसार कहाँ अवसर खोज्ने भन्ने निजी विषय हो । नेपालमा अवसरहरु छन्, यहाँ पनि छ, उहाँहरुले कसरी गर्नुहुन्छ भन्न सकिँदैन । भीसाको विषय क्यानडा सरकारको नितान्त आन्तरिक हो । त्यसमा मैंले केही भन्न मिल्दैन ।
क्यानडा सरकारमा पनि नेपालीहरुको पहुँच र प्रभाव छ ?
नेपाली भन्नाले कस्तालाई भन्ने, उहाँहरुले संस्थाहरुमा काम गरिरहनुभएको छ । सरकारी सेवामा पनि हुनुहुन्छ । क्यानडाको नागरिकता भएका नेपालीहरु सरकारी सेवामा हुनु स्वाभाविकै हो । जहाँ–जसरी बस्नुभएको छ, उहाँहरुले नेपालको इज्जतै बढाउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्