Logo

महिला कर अधिकृतलाई कार्यालयभित्रै जिउँदै जलाइयो (भिडियोसहित)



कर अधिकृतलाई उनकै कार्यालयभित्र जलाएर हत्या गरिएको छ । आगोले जलेपछि उनी कोठाबाट बाहिर आएको र बचाउका लागि गुहारेको भिडियो समेत बाहिरिएको छ ।

महिलालाई बचाउन पुगेकाहरु समेत अलमलमा परेका थिए । बचाउन पुगेका केही व्यक्ति घाइते भए । हेर्दा हेर्दै जलेर उनको घटनास्थलमै मृत्यु भयो ।
सोमबार भारतको तेलंगना राज्यमा भएको घटनामा कर अधिकृत विजया रेड्डीलाई जलाएर हत्या गरिएको घटना हो यो । उनलाई बचाउन पुगेका एकजना कर्मचारीको समेत उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।

रेड्डीलाई कोठाभित्रै आगो लगाइएको थियो । उनी ढोका खोलेर निस्कन सफल भएपछि आगो फैलिइसकेको थियो । उनलाई बचाउने प्रयास असफल भयो ।
आगो लगाइनु अघि रेड्डी एकजना व्यक्तिसँग भेटिरहेकी थिइन् । के सुरेश नामका ती व्यक्तिले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सुरेश पनि घाइते छन् । रेड्डी र सुरेशको परिवारबीच सम्पत्तिको विषयमा अदालतमा मुद्दा चलिरहेको थियो । सोही दिन पनि रेड्डी अदालतमा यसै विषयबारेको सुनुवाईबाट फर्किएकी थिइन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्