Logo

सरोज र आश्माको प्रेम (भिडियोसहित)



कार्टुन्ज क्रुको सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स भएको गीतको भिडियो सार्वजनिक गरिएको छ । टंक बुढाथोकी र स्मिताको स्वर रहेको गीत “चिटिक्क परी बस” यूट्बुमा सार्वजनिक गरिएको हो । सुनिता नेपालको शब्द रहेको गीतमा कार्टुन्ज क्रुको नृत्य रहेको छ । म्युजिकको भिडियोमा प्रेमीले प्रेमिकालाई भेट्न आउँदा चिटिक्क परेर आउनु भन्ने आग्रह गरेका छन् ।

सरोज र आश्मासँगै म्युजिक भिडियोमा काटुञ्ज क्रुको दिपिका कार्कीलाई पनि फिचर्ड गरिएको छ । छोटो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा आफूलाई स्थापित गराउन सफल गायिका स्मिता दाहालको यो नयाँ गीत हो । दिपक शर्मा र उदयराज पौडेलको सङ्गीत संयोजन गरिएको यो म्युजिक भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन् भने गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्