Logo

बोलिभियाली राष्ट्रपति चढेको हेलिकोप्टर उडेको केही सेकेन्डमै झरेपछि… (भिडियोसहित)



बोलिभियाली वामपन्थी राष्ट्रपति इभो मोराल्स चढेको हेलिकोप्टरले आकस्मिक अवतरण गरेको छ । सोमबार उनी चढेको हेलिकोप्टरको यन्त्रमा समस्या आएपछि आकस्मिक अतवरण गरेका हो । उडेको केही सेकेन्डमै हेलिकोप्टर फन्का मार्दै झरेको दृश्य देखिन्थ्यो । हेलिकोप्टर झर्दै गर्दा स्थिति असामान्य बनेको दृश्य कैद भएको छ ।

आन्डीजको एक गाउँमा सडकको उद्घाटन गरेर फर्कँदा घटना घटेको हो । घटनापछि मोरल्सले ट्वीटर गरी कोलक्वीरीको सडक उद्घाटन गरेर फर्कँदा घटना भएको र त्यसको गम्भीरताका साथ छानविन गरिने लेखे । त्यहाँको हवाई सैनिकले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनामा उनी सकुशल बच्न सके । हेलिकोप्टरमा सवार कोहीपनि घाइते भएनन् । यो घटनाले बोलिभियामा तनावको अवस्था बन्यो । मोराल्सलाई हटाउन सैनिक कू को चर्चा चलिरहँदा हेलिकोप्टरको आकस्मिक अवतरण भयो । शनिबारमात्र एकजना विपक्षी नेताले मोरल्सलाई हटाउन कडा कदम चाल्ने चेतावनी दिएका थिए । घटनापछि उनी निकटस्थले आपराधिक आक्रमण भएको आरोप लगाए ।-एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्